गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीमा जङ्गली बँदेल धपाउन बिछ्याइएको विद्युतीय तारमा परेर एक महिलाको मृत्यु भएको छ।
  • हराइरहेकी ४८ वर्षीया डालकुमारी खत्रीको कोदोबारीमा शव फेला परेको हो।
  • घटनामा संलग्न भनिएका ३० वर्षीय सन्तबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गुल्मी।गुल्मीमा जंगली बदेल धपाउन बिछ्याइएको विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ।

Workplace

मदाने गाउँपालिका–१ ठुलाचौरस्थित सन्तोष विष्टको कोदोबारीमा ४८ वर्षीया डालकुमारी खत्री मृत अवस्थामा फेला परेकी हुन्। उनी भदौ २२ गते नातिसहित घरबाट निस्किएपछि सम्पर्कविहीन थिइन्।

प्रहरीका अनुसार मकैबारीमा बदेल धपाउन मदाने–१ ओख्ले निवासी ३० वर्षीय सन्तबहादुर विष्टले खुला जीआई तारमा विद्युत् प्रवाह गरी छाडेका थिए। सोही तारमा परी करेन्ट लाग्दा खत्रीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि प्रहरीले सन्तबहादुर विष्टलाई नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?