icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन मिति विवादमा: संस्थापन र इतर पक्षले फरक प्रस्ताव अघि सारे

Workplace

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय गर्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन र इतर पक्षले फरक मिति प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

एक केन्द्रीय सदस्यका अनुसार, संस्थापन पक्षबाट उमाकान्त चौधरी, किशोरसिंह राठौर वा महेन्द्र यादवमध्ये एकले चुनावपछि वैशाख महिनामा महाधिवेशन गर्ने मिति प्रस्ताव गर्ने छन्। इतर पक्षबाट महामन्त्री गगनकुमार थापा वा विश्वप्रकाश शर्मामध्ये एकले चुनावअघि नै महाधिवेशन गर्ने मितिको प्रस्ताव ल्याउने अपेक्षा गरिएको छ।

संस्थापन पक्षका ५९ केन्द्रीय सदस्यहरूले सोमबार भेला भएर छलफल गरेका थिए। ती भेलामा सहभागी ४६ सदस्यले आ–आफ्नो धारणा राखेका थिए। सहभागी नेताका अनुसार, विगतमा चुनावअघि महाधिवेशन गरेर उम्मेदवारहरू हार्ने अनुभव हुँदा यसपटक धेरैले चुनावपछि महाधिवेशन गर्ने सुझाव दिएका छन्। उनीहरूले पार्टीलाई एकजुट राख्न र चुनावमा केन्द्रित रहनुपर्नेमा जोड दिएका छन्।

एक केन्द्रीय सदस्यले भने, “महाधिवेशनको पुरानो घाउ लिएर चुनावमा जाने हो भने विगतमा जे भयो त्यही दोहोरिन्छ। हतारमा चुनावमा जानु हुँदैन भन्ने सुझाव धेरैको छ। यही आधारमा मंगलबारको बैठकमा मिति प्रस्ताव गरिनेछ।”

विशेष महाधिवेशनको माग गर्ने केन्द्रीय सदस्य गुरु घिमिरेले भने कि पार्टी भित्र चुनावअघि कि पछि महाधिवेशन गर्ने भन्ने विषयमा व्यापक छलफल भएको छ। उनले संस्थापन पक्षको समूह संसद पुनर्स्थापनाको मनोविज्ञानमा रहेको देखिएको बताए।

घिमिरेका अनुसार, इतर पक्षले १६ र १९ पुस उपयुक्त मिति प्रस्ताव गरेका छन्। तर संस्थापन पक्ष भने २१ फागुनमा सरकारले घोषणा गरेको चुनावलाई ध्यानमा राख्दै महाधिवेशन वैशाखमा सार्ने पक्षमा छ। सोही अनुसार पार्टी भित्र अलग–अलग प्रस्ताव उठ्ने देखिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?