काठमाण्डाै–तराई/मधेस द्रुतमार्गमा अग्ला पुल र सुरुङ निर्माणले गति लिदै

काठमाडौ – राष्ट्रिय गौरवको आयोजना काठमाण्डाै–तराई/मधेस द्रुतमार्गमा अग्ला पुल र सुरुङ निर्माणले गति लिएको छ । नेपाली सेनाले साढे आठ वर्षअघि जिम्मा लिएको काम लामो समय सुस्त बनेकोमा अहिले लय समातेको हो ।

Workplace

मकवानपुरको धेद्रे र लेनडाँडामा ८२ मिटर अग्ला पुलका पिलरहरू ठडिएका छन् । जितपुर र चालिसे खोलामाथिका झन्डै ३ सय मिटर लामा पुलहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् । झन्डै ११ किलोमिटर लम्बाइका सात वटा सुरुङमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ ।

साढे तीन किलोमिटर लामो महादेवटार सुरुङको ७० प्रतिशत काम सकिएको नेपाली सेनाका प्राविधिकहरूले जानकारी दिएका छन् । झन्डै २ खर्ब १२ अर्ब रुपैयाँ लागत अनुमान रहेको आयोजनामा अहिलेसम्म ८३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । भौतिक प्रगति ४५ प्रतिशतभन्दा केही बढी छ ।

काठमाण्डाैतर्फको प्रवेशबिन्दु मानिने खोकना क्षेत्रमा भने जग्गा अधिग्रहण र सांस्कृतिक सम्पदा संरक्षणको विवादले निर्माण कार्य ठप्प प्रायः छ । प्रधानमन्त्री सुशीला कार्कीले हालै स्थलगत निरीक्षण गर्दै आवश्यक परेमा आयोजनाको रेखाङ्कन नै परिवर्तन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाली सेनाले २०८३ चैतभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ । चार लेनको यो द्रुतमार्ग सम्पन्न भएपछि काठमाण्डौबाट निजगढसम्मको यात्रा झन्डै एक घण्टामा सकिनेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?