२६ फाल्गुन २०८२, मंगलबार

वैशाख ७ गते निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने : अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने बताएका छन ।

Workplace

बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए ।

‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं ।

७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने अध्यक्ष लिङ्देनले बताए हुन ।

पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनले बताए  ।

राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको हो  ।

बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गरेको हो  ।

बैठकले वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायत चैत १५ को प्रदर्शनमा सहभागी बन्दीलाई रिहाई गर्न माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने र कानुनी एवं राजनीतिक लडाइँलाई निरन्तरता दिने पनि कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको राप्रपाले जानकारी दिएको हो  ।

आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडातहसम्म पुर्‍याउने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र अध्यक्ष लिङ्देनले बताए  ।

‘हामीले त ७ गते नै निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने र राजेन्द्र लिङ्देन नै पक्राउ दिने निर्णय गरिसक्यौं, अरूले के गर्छन् भन्ने थाहा भएन,’ उनले भनेका हुन ।

पक्राउ परेका पार्टीका नेताहरूको रिहाइ र चैत १५ गतेको घटनाको न्यायिक छानबिनको माग गर्दै राप्रपाले प्रदर्शनका कार्यक्रमहरू अगाडि बढाएको उनले बताएका छन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?