ट्रकको ठक्कर बाट चितवनमा एक कामदारको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

समाचार सारांश
Auto Generated by AI
  • चितवनमा ट्रकको ठक्करबाट एक कामदारको मृत्यु भएको छ।
  • भरतपुरस्थित दाना फ्याक्ट्रीको गेटमा सुतिरहेका ३४ वर्षीय चन्द्रबहादुर ठाडा मगरको उपचारका क्रममा ज्यान गएको हो।
  • प्रहरीले ठक्कर दिने ट्रक र चालक सर्फराज आलमलाई नियन्त्रणमा लिएको छ।

चितवन।चितवनमा ट्रकको ठक्करबाट एक कामदारको मृत्यु भएको छ। गएराति करिब ३ः३० बजे भरतपुर महानगरपालिका-८ स्थित सदगुण दाना फ्याक्ट्रीको गेटमा सुतेका ३४ वर्षीय चन्द्रबहादुर ठाडा मगरलाई ना.५ ख ८४६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। भरतपुर महानगरपालिका-५ निवासी मगर फ्याक्ट्रीमा काम गर्दै आएका थिए।

Workplace

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेपछि उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारकै क्रममा बिहान ६ः२६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मगरलाई ठक्कर दिने वीरगञ्ज महानगरपालिका–२१का २३ वर्षीय सर्फराज आलमलाई नियन्त्रणमा लिइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?