
- लामो समयदेखि बन्द रहेको नेपाल वायुसेवा निगमको ट्वीन अटर जहाजले बुधबारदेखि कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लामा पुनः नियमित उडान सुरु गर्ने भएको छ।
- समाजसेवी अनिल बानियाँको निरन्तर पहलपछि दुर्गमका जनताले भोग्दै आएको कठिन यात्रा र स्वास्थ्य सेवाको समस्या समाधान गर्न यो उडान सेवा जीवनदान बन्नेछ।
- नयाँ उडान तालिका अनुसार नेपालगञ्ज र सुर्खेतलाई केन्द्र बनाएर साताभरि विभिन्न हिमाली जिल्लाहरूमा नियमित रूपमा सेवा सञ्चालन गरिनेछ।
लामो समयदेखि नियमित उडान हुन नसकेको नेपाल वायुसेवा निगम को Twin Otter अब फेरि आकाशमा फर्किँने भएको छ। समाजसेवी अनिल बानियाँ को अर्धक प्रयासपछि आउँदो बुधबार देखि हरेक दिन नेपालगञ्ज र सुर्खेत बाट कर्णाली र सुदूरपश्चिमका दुर्गम हिमालि जिल्लाहरू मा नियमित उडान सुरु भएको छ।
कर्णाली प्रदेशका दुर्गम जिल्लाका मानिसहरू बिरामी हुँदा जहाज कुर्दा कुर्दै ज्यान कैयौँ सर्वसाधारण जनताहरूले ज्यान गुमाएका गुमाएका पीडाहरू परीक्षा छुटेर आत्महत्या गर्न बाध्य भएका विद्यार्थीका कथा घण्टौँ होइन, दिनौँसम्म आकाश हेरेर बस्नुपर्ने बेथा यी कुनै नयाँ कथा होइनन्, यथार्थ हुन्। पटक–पटक मन्त्री फेरिए, नीति फेरियो, तर कर्णालीका जनताको अवस्था फेरिएन। तर जनताको यो समस्या सामान्य लाग्न सक्छ तर जसले भोगेका छन्, उनीहरूलाई थाहा छ ,यो उडान होइन, जीवनको श्वास हो। तर यसपटक संघर्षले हार मानेन। धैर्यताले जितेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा उडानको तालिका यस्तो रहनेछ।
आइतबार:
काठमाडौँ → रुकुम → नेपालगञ्ज
नेपालगञ्ज → ताल्चा → नेपालगञ्ज
नेपालगञ्ज → जुम्ला → नेपालगञ्ज
सोमबार:
नेपालगञ्ज → हुम्ला → सुर्खेत → हुम्ला → नेपालगञ्ज
नेपालगञ्ज → बाजुरा → नेपालगञ्ज

मंगलबार:
नेपालगञ्ज → डोल्पा → नेपालगञ्ज
नेपालगञ्ज → ताल्चा → नेपालगञ्ज
नेपालगञ्ज → जुम्ला → सुर्खेत → जुम्ला → नेपालगञ्ज
बुधबार:
नेपालगञ्ज → हुम्ला → नेपालगञ्ज
नेपालगञ्ज → बाजुरा → नेपालगञ्ज
नेपालगञ्ज → रुकुम → नेपालगञ्ज
नेपालगञ्ज → जुम्ला → नेपालगञ्ज
बिहीबार:
नेपालगञ्ज → ताल्चा → सुर्खेत → ताल्चा → नेपालगञ्ज
नेपालगञ्ज → बाजुरा → नेपालगञ्ज
शुक्रबार:
नेपालगञ्ज → ताल्चा → नेपालगञ्ज
नेपालगञ्ज → रुकुम → काठमाडौँ
समाजसेवी अनिल बानिया को कर्णालीका र सुदूरपश्चिमका आवाजलाई बुलन्दर गर्दै आज कर्णाली र सुदूरपश्चिमका जनताले फेरि एकचोटि यात्रामय सहज पाएका छन्। राजधानीसम्मका यो उडान केवल यात्राका लागि होइन, यो जीवन जोगाउने माध्यम, विद्यार्थीको भविष्य बचाउने पुल र दुर्गम लाई केन्द्र सँग जोड्ने शक्ति हो। नेपाल सरकारका पर्यटन सचिव ज्यू, नेपाल वायुसेवा निगम का महानिर्देशक ज्यू, नेपाल नागरिक उड्डयन प्राधिकरण का महानिर्देशक ज्यू लगायत सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको साथ, सहयोग र प्रतिबद्धताले दुर्गममा आशा पुगेको छ। समाजसेवी अनिल बानियाले बताउनुभयो

