दुःखमा परेकालाई श्री सिद्धार्थ गौतम इन्टरनेसनल बोर्डिङ स्कुल मुगुका विद्यार्थीको मलम: नास्ताको पैसा बचाएर रसुवाका बाढीपीडितलाई राहत ।

समाचार सारांश
Auto Generated by AI
  • मुगुका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रसुवाका बाढीपीडितका लागि राहत रकम संकलन गरेका छन्।
  • कक्षा १ देखि १० सम्मका ५०० विद्यार्थीले मानवीय भावना देखाउँदै सहयोग जुटाउने निर्णय गरेका हुन्।
  • विद्यार्थीको यस उदाहरणीय परोपकारी कार्यमा विद्यालयका शिक्षक र कर्मचारीले पनि साथ दिएका छन्।

रतन बहदुर रावल  मुगु
भौगोलिक विकटता र अभावका बीच पनि मानवीय भावना कति विशाल हुन्छ भन्ने उदाहरण हिमाली जिल्ला मुगुका साना नानीबाबुहरूले प्रस्तुत गरेका छन्। मुगुको सदरमुकाम गमगडीमा अवस्थित श्री सिद्धार्थ गौतम इन्टरनेसनल बोर्डिङ स्कूलका विद्यार्थीहरूले आफ्नो एक दिनको नास्ताको पैसा कटाएर रसुवाका बाढी प्रभावितहरूका लागि राहत सङ्कलन गरेका छन्।गत भदौ १० गते रसुवामा आएको विनाशकारी महाविपत्ति र बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण कैयौँ नागरिकहरू घरबारविहीन भएका छन् भने विद्यालय जाने उमेरका विद्यार्थीहरूको अवस्थासमेत दयनीय बनेको छ। रसुवाका समकक्षी विद्यार्थी र नागरिकहरूले भोग्नुपरेको यही पीडा र दुःखलाई स्मरण गर्दै मुगुका विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा सहयोगमा जुटेका हुन्।

Workplace

कक्षा १ देखि १० सम्मका करिब ५०० जना विद्यार्थीहरूले एक-एक गरेर राहत रकम सङ्कलन गरी बाढी प्रभावित क्षेत्रमा पठाउने घोषणा गरेका छन्। दुःखको घडीमा परेका दाजुभाइ, दिदीबहिनी र साना साथीहरूलाई थोरै भए पनि राहत र सहारा मिलोस् भनेर आफूहरूले यो प्रयास गरेको सिद्धार्थ गौतम इन्टरनेसनल बोर्डिङ स्कुल कि छात्रा कक्षा युकेजी मा अध्ययनरत रविना रावल ले बताइन्।“हाम्रो सानो सहयोगले त्यहाँका साथीहरूलाई थोरै भए पनि सजिलो होस् भनेर हामीले नास्ताको पैसा जम्मा गरेका हौँ,” सानाे उमेरमै सामाजिक भावना दर्साउँदै छात्रा रावलले भनिन्।

यो परोपकारी कार्यमा विद्यार्थीहरू मात्र होइन, विद्यालयका शिक्षक र कर्मचारी प्रशासन पनि उत्तिकै सक्रियताका साथ लागेका छन्। विपत्तिको यो दुःखद घडीमा सबैले हातेमालो गर्नुपर्ने सन्देश दिँदै विद्यालयका लेखापाल किशन एडीले गुरुवर्गदेखि विद्यार्थीसम्म सबै मिलेर चोटमा मलमपट्टी लगाउने प्रयास गरिरहेको जानकारी दिनुभयो।भौगोलिक रूपमा देशकै दुर्गम क्षेत्र मानिने मुगुका रैथाने विद्यार्थीहरूले रसुवाका पीडितहरूका लागि देखाएको यो आत्मियता र मानवीय कार्यको अहिले सर्वत्र प्रशंसा भइरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?