प्राप्त उपलब्धिको संरक्षण गर्न सबैको सक्रियता जरुरी: अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, समावेशिता, र सङ्घीयताको रक्षा गर्न सबैले आ–आफ्नो स्थानबाट आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

Workplace

चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको प्राप्त उपलब्धिको रक्षा गर्न सरकार र नागरिक समाजको भूमिकामा जोड दिनुभयो। उहाँले सरकारलाई नियमित रूपमा संसद् बोलाएर विधेयक ल्याउन आग्रह गर्दै संविधानको मर्म विपरीत अध्यादेश ल्याउनु अनुचित रहेको टिप्पणी गर्नुभयो।

“सदनलाई बेवास्ता गर्दै अध्यादेश ल्याउनु लोकतन्त्र र संविधानको मर्म विपरीत हो,” उहाँले भन्नुभयो। “संविधान र लोकतन्त्रको भावना अनुरूप अघि बढ्न सरकारको कर्तव्य हो।”

शैक्षिक क्षेत्रको विषयमा बोल्दै अध्यक्ष दाहालले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, जनप्रतिनिधि, र शिक्षकहरूको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?