प्राप्त उपलब्धिको संरक्षण गर्न सबैको सक्रियता जरुरी: अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, समावेशिता, र सङ्घीयताको रक्षा गर्न सबैले आ–आफ्नो स्थानबाट आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

Workplace

चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको प्राप्त उपलब्धिको रक्षा गर्न सरकार र नागरिक समाजको भूमिकामा जोड दिनुभयो। उहाँले सरकारलाई नियमित रूपमा संसद् बोलाएर विधेयक ल्याउन आग्रह गर्दै संविधानको मर्म विपरीत अध्यादेश ल्याउनु अनुचित रहेको टिप्पणी गर्नुभयो।

- Advertisement -Workplace

“सदनलाई बेवास्ता गर्दै अध्यादेश ल्याउनु लोकतन्त्र र संविधानको मर्म विपरीत हो,” उहाँले भन्नुभयो। “संविधान र लोकतन्त्रको भावना अनुरूप अघि बढ्न सरकारको कर्तव्य हो।”

शैक्षिक क्षेत्रको विषयमा बोल्दै अध्यक्ष दाहालले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, जनप्रतिनिधि, र शिक्षकहरूको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?