
- गोरखाको त्रिशूली किनारमा फेला परेको विष्फोटक पदार्थ सेनाले डिस्पोज गरेको छ।
- रसुवाबाट बाढीले बगाएर ल्याएको हुनसक्ने सो पदार्थ शुक्रबार डिस्पोज गरिएको हो।
- रुद्रध्वज गणबाट खटिएको सेनाको टोलीले उक्त विष्फोटक पदार्थ सफलतापूर्वक नष्ट गरेको छ।
काठमाडौ -गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा भेटिएको विष्फोटक पदार्थ सेनाले डिस्पोज गरेको छ।

नेपाली सेनाको रुद्रध्वज गणबाट खटिएको टोलीले उक्त विष्फोटक पदार्थ डिस्पोज गरेको सेनाले जानकारी दिएको छ।
बिहीबार दिउँसो करिब साढे २ बजे नदी किनारमा उक्त विष्फोटक पदार्थ फेला परेको थियो। बिहीबार नै डिस्पोजको प्रयास गरिए पनि असफल भएपछि शुक्रबार डिस्पोज गरिएको हो।
रसुवाबाट आएको बाढीले उक्त विष्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए।
