सरकारले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित तीन सांसदहरूको पीएसओ फिर्ता बोलायो

काठमाडौ -“सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) फिर्ता बोलाएको छ। १४ जेठमा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ फिर्ता गरिएको हो ।

Workplace

ज्ञानेन्द्र शाहीले पीएसओ फिर्ता गरिएको विषयमा प्रतिक्रिया दिँदै संसदमा सबै सांसदहरू बराबर हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, “सरकारले पीएसओ खोसेको छ। संसदमा सबै सांसदहरू बराबर हुनुपर्थ्यो। तर भएन” ।

यसअघि, गृहमन्त्रीको निर्देशनमा केही नेताहरूलाई कार्यविधि विपरीत पीएसओ उपलब्ध गराइएको विवरणहरू सार्वजनिक भएका थिए। यसले सरकारको निर्णय प्रक्रियामा र  निष्पक्षता माथिनै अहिले प्रश्न  उठाएको छ ।

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक हुन् र जुम्ला १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । उनले  राजसंस्थाको पुनःस्थापनाको पक्षमा आवाज उठाउँदै आएका छन्, साथै राप्रपाले यहीँ १७ गतेदेखि ठुलो आन्दोलनको घोषण समेत गरेका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?