गुल्मीमा लडेर घा`इ`ते महिलाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीको रेसुङ्गा नगरपालिका–७ मा गोरेटो बाटोबाट लडेर ५५ वर्षीया कमला पाण्डे घाइते हुनुभयो।
  • मिटर तल खसेकी उनको उद्धार गरी जिल्ला अस्पताल तम्घास लगिएको थियो।
  • उपचारका क्रममा अस्पतालमा नै उनको निधन भएको प्रहरीले जनाएको छ।

गोकर्ण पाण्डे गुल्मी-गुल्मीको रेसुङ्गा नगरपालिका–७ कुडापानीमा गोरेटो बाटोबाट लडेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृ`त्यु भएको छ।

Workplace

मृत्यु हुनेमा कुडापानी निवासी अन्दाजी ५०–५५ वर्षीया कमला पाण्डे रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजे पाण्डे निउरेनी जंगलको गोरेटो बाटोबाट अचानक चिप्लिएर करिब २५ मिटर तल खसेर घाइते भएकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय गुल्मीको कन्ट्रोल रुममार्फत प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याएको थियो।

शरीरको भित्री भागमा चोट लागेकी पाण्डेको अवस्था गम्भीर रहेको थियो। अस्पताल पुर्‍याएपछि उपचारकै क्रममा साँझ ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?