icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

“सबै प्रक्रिया पूरा भएकाले उम्मेदवारबारे पुनर्विचार हुँदैन : रास्वपा” लेखजंग थापा विवाद

लुम्बिनी – रुपन्देही–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार चयन भएका डा. लेखजंग थापा बहुविवाहको विषय बाहिरिएपछि विवादमा तानिएका छन् ।

Workplace

थापाले कानुन विपरीत बहुविवाह गरेको समाचार सार्वजनिक भएपछि उनका विपक्षीहरूले सामाजिक सञ्जालमार्फत यसलाई प्रमुख मुद्दा बनाएर प्रचार गरिरहेका छन् ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सांसदको सूचीमा परेका थापा केही महिनाअघि राजीनामा दिएर रास्वपामा प्रवेश गरेका थिए ।

पारिवारिक पृष्ठभूमि र व्यक्तिगत जीवनलाई लिएर भइरहेको आलोचनाबीच रास्वपाले भने थापाको बचाउ गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले सम्पूर्ण विवरण अध्ययन गरेर नै उम्मेदवार चयन गरिएको भन्दै पुनर्विचार नहुने बताए ।

‘हामीले सम्पूर्ण विवरण हेरेर नै लेखजंग थापालाई छनोट गरेका हौँ । बाहिर आएको जस्तो त्रुटि देखिँदैन । सबै विधि र प्रक्रिया पूरा गरेर छनोट भएकाले उम्मेदवारबारे पुनर्विचार हुँदैन,’ उनले नेपाल खोजखबरसँग भने ।

उनका अनुसार थापाविरुद्ध अहिलेसम्म पार्टीको कुनै पनि निकायमा उजुरी परेको छैन । ‘उहाँ विरुद्ध उजुरी परेको भन्ने कुरा सत्य होइन । पार्टीको कुनै पनि समितिमा उजुरी परेकै छैन,’ उनले स्पष्ट पारे ।

तर विपक्षीहरूले भने यही विषयलाई चुनावी मुद्दा बनाउने तयारी गरेको देखिन्छ । निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको खण्डमा के गर्ने भन्ने प्रश्नमा झाले संवैधानिक तथा कानुनी समस्या नआउने विश्वास व्यक्त गरे ।

आगामी कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति असोज २१ गते तोकेको छ भने असोज २२ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय रहेको छ । असोज २३ गते उजुरीमाथि छानबिन गरी निर्णय गरिने कार्यक्रम छ ।

तर यसरी रास्वपाले बिबादास्पद ब्यक्ति लाई चुनावी मैदानमा लिदै गर्द विपक्षले यसैको फाइदा उठाउन  आझै बाट मैदानमा उत्रिएका छ्न एक रास्वपामा अरु पनि अब्बल  नेतृत्वदायी भुमिका निभाउन तयार हुदा पनि बिबादास्पद ब्यक्ति लाई मैदानमा ल्याउदा यसमा विपक्षले पनि यस्को फाइदा लिने देखन सकिन्छ । तर फाइदा कसैले लिन्छ या रास्वपाले सोही निर्णय गरेको छ  यसको लागि हामी चुनाव मतगणना सम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?