आज मिति २०८१ माघ २५ गते शुक्रवार आजको राशीफल

 

Workplace

मेष : सुझबुझसँग गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइको साथले तपाईंका काम सहजै बन्नेछन् । राज्यको लगानीले सार्थकता पाउने छ । तपाईंको तर्क सफल बन्नेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो भने देखिन्छ ।

वृष : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन खुशी रहनेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने समय छ । विपक्षीसँगको टकराब चुलिएर जानेछ । परिवारले भने साथ र सहयोग गर्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : एकल निर्णय गर्ने बानीले ठुलो घाटा हुनसक्ने जोखिम छ । निर्णायक शब्द सार्वजनिक गर्नु अगाडि तीन पल्ट सोच्नुपर्ने समय छ । अप्रिय खबरले मन अशान्त बन्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले सोचेका काम फटाफट हुनेछन् । दाम्पत्य सुख मिल्ने दिन छ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा हरेक काममा सफलता मिल्नेछ ।

सिंह : भाग्य स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ । माया मार्न लागको सम्पत्ति हात लाग्नेछ । अगाडि मिठो बोलेर पछाडि कुरा काट्ने साथीसँग सचेत बन्नु उचित हुनेछ ।

कन्या : दिन सहज छ । सानो कुरामा नअल्झिनु उचित हुनेछ । विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारमा एक्लो भएको महसुस हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : बौद्धिक क्षेत्रमा टकराब हुनेछ । हरेक निर्णयका लागि फराकिलो छाती पर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा अवरोध देखिने जोखिम छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

वृश्चिक : सोचेको काम सफल बन्नेछ । बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनु उचित हुनेछ । कूटनीतिक ढंगले अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँग रमाइलो यात्राको अवसर मिल्नेछ ।

धनु : दिन सामान्य छ । मिल्ने साथीले धोका दिने जोखिम रहेको छ । घुमाउरो भाषा बुझ्न नसक्दा हरेक ठाउँमा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारका तपाईंको प्रस्ताव अस्वीकृत हुँदा मनमा खटपटी बढ्नेछ ।

मकर : शनिदेव अनुकुल भएमा दिन सहज छ । साथीभाइले तपाईंलाई साथ दिनेछन् । राजनीतिक टकराबमा अडानलाई यथावत राख्नु उचित देखिन्छ । बौद्धिक क्षेत्रले तपाईंलाई साथ दिएको छ । स्वास्थ्यमा सुधारका साथ दिएका छन् । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेकाले मनमा सानो कुराले झन्झट बढ्नेछ । आफ्नो कुरामात्र कार्यान्वयन हुनुपर्छ भन्ने बानीलाई केही हदसम्म छोड्नु उचित हुनेछ । अरुको प्रशंसा गर्दा आफ्नो ख्याल गर्न नझुल्नु राम्रो हुनेछ । धार्मिक क्षेत्रको झुकाबले दिन शान्त बन्नेछ ।

मीन : दिन सहज छ । सुरुवाती साढेसाती भए पनि शुभग्रहको बहुमत छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । स्वास्थ्यले साथ दिनाले दिन अनुकुल बन्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

आज मिति २०८३ असार ९ गते मंगलबार आजको राशिफल

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल प`क्रा`उ

मुगुका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण: आफ्नो विगत सम्झँदै दुर्गा रावल ले मनाइन् जन्मदिन।

छुटाउनुभयो कि ?