सत्ता पक्षीय दलको बैठक जारी, विभिन्न मुख्य विषयमा छलफल

काठमाडौँ,  – सरकारलाई समर्थन गरिरहेका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित बैठक हाल प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ। बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत नेताहरू सहभागी छन्।

Workplace

प्रधानमन्त्री ओलीको नेतृत्वमा जारी बैठकमा सरकारका नीति तथा कार्यक्रम, संसद्मा विचाराधीन विभिन्न विधेयक तथा अध्यादेशहरू, सत्ता साझेदार दलहरूबीचको सहकार्य तथा सरकारको प्रभावकारिता जस्ता विषयमा छलफल भइरहेको बताइएको छ। सत्ता गठबन्धनभित्र देखिएको समन्वयको आवश्यकता र आगामी दिनमा सरकारको कार्यशैलीलाई थप प्रभावकारी बनाउन आवश्यक उपायहरूबारे समेत बैठकमा गहन छलफल भइरहेको स्रोतले जनाएको छ।

यसअघि, शुक्रबार मात्रै एमाले र कांग्रेसका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको थियो। सो बैठकमा पनि सरकारको समग्र कार्यशैली, नीति निर्माण प्रक्रिया तथा संसद्को भूमिका कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो। त्यसैको निरन्तरतास्वरूप आज बालुवाटारमा थप विस्तृत छलफल भइरहेको बताइएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?