संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ मात्र पर्याप्त हुँदैन : रवि लामिछाने

समाचार सारांश
Auto Generated by AI
  • संविधान संशोधनका लागि दुईतिहाइ बहुमत मात्र पर्याप्त नहुने रवि लामिछानेले बताउनुभयो।
  • संशोधन प्रक्रियामा कानुनी र संवैधानिक जटिलताहरूलाई विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
  • संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावनाभन्दा कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्छ।

काठमाडौ -सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ बहुमत मात्र पर्याप्त नहुने बताउनुभएको छ ।

Workplace

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराउनुभएको हो ।

- Advertisement -Workplace

लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक सङ्ख्या पुर्‍याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गर्नुभयो । तर संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ सङ्ख्या मात्र अन्तिम आधार नभएको भन्दै उहाँले यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै सभापति लामिछानेले संविधान र कानूनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान संशोधनजस्तो संवेदनशील विषयमा भावनाभन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?