संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ मात्र पर्याप्त हुँदैन : रवि लामिछाने

समाचार सारांश
Auto Generated by AI
  • संविधान संशोधनका लागि दुईतिहाइ बहुमत मात्र पर्याप्त नहुने रवि लामिछानेले बताउनुभयो।
  • संशोधन प्रक्रियामा कानुनी र संवैधानिक जटिलताहरूलाई विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
  • संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावनाभन्दा कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्छ।

काठमाडौ -सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ बहुमत मात्र पर्याप्त नहुने बताउनुभएको छ ।

Workplace

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराउनुभएको हो ।

लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक सङ्ख्या पुर्‍याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गर्नुभयो । तर संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ सङ्ख्या मात्र अन्तिम आधार नभएको भन्दै उहाँले यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै सभापति लामिछानेले संविधान र कानूनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान संशोधनजस्तो संवेदनशील विषयमा भावनाभन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?