icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

भारतको उत्तराखण्डमा बाढी–पहिरोमा : २६ नेपाली बेपत्ता, दूतावासले सार्वजनिक गर्‍यो नामावली

अर्जुन थापा नयाँ दिल्ली  – भारतको उत्तराखण्ड राज्यमा गएको भीषण बाढी र पहिरोका कारण २६ जना नेपाली बेपत्ता भएका छन्। भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार साउन २१ र २२ गते (अगस्ट ५ र ६) का दिन उत्तरकाशी र पौडी गढवाल जिल्लामा अविरल वर्षापछि आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

Workplace

उक्त घटनामा लापता भएका नेपालीहरु राजदूतावासका अनुसार उत्तरकाशी जिल्लामा बेपत्ता हुनेमा जनक बहादुर शाही (७५ वर्ष), रवि सिंह (२५ वर्ष), करण बहादुर (४० वर्ष), रोहित सिंह, गगन बहादुर, गोरे बहादुर, राम बहादुर शाही, हरी बहादुर खड्का, ममता, प्रशान्त, निर्मला खड्का, लक्ष्मण (६० वर्ष), सुवास वि.क. (२९ वर्ष), रमेश (२५ वर्ष), प्रिया (२२ वर्ष), विवेक मगर (२७ वर्ष), सुरज राना (४६ वर्ष), मान बहादुर (४८ वर्ष), प्रेम बहादुर (५७ वर्ष), रवि सिंह (१६ वर्ष) र राम बहादुर (४४ वर्ष) छन्।

त्यस्तै, पौडी गढवाल जिल्लामा बेपत्ता हुनेमा नारायण खड्का (२१ वर्ष), अमृत परियार (१८ वर्ष), रमेश खड्का (१६ महिना), सन्तोष खड्का (१५ वर्ष) र विमल वि.क. (२१ वर्ष) रहेको दूतावासले जनाएको छ ।

दूतावासले स्थानीय प्रशासन, सुरक्षा निकाय र नेपाल सरकारसँग समन्वय गर्दै उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ। साथै, बेपत्ता व्यक्तिहरूका परिवारलाई आवश्यक सहयोगका लागि नजिकको नेपाली दूतावास वा वाणिज्य दूतावासमा सम्पर्क गर्न आग्रह  समेत गरेको  छ।

यसै बिषय लाई लिएर केही दिन पोहिला नेपाली समाज भारतले समेत  प्रेस विज्ञप्ति मार्फत  नेपाली हरुको बारे जानकारी लिन नेपाल सरकार भारत सरकार र नेपाली दूतावासलाई आग्रह  समेत गरेको थियो ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?