आज मिति २०८१ माघ २३ गते बुधबार आजको राशीफल

 

Workplace

मेष : विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । सहयोगी साथी पहिचान गर्नुपर्ने समय आएको छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यले भने राम्रो साथ दिनेछ । परिवारसँगको दाम्पत्य जीवन सुखमय रहनेछ ।

- Advertisement -Workplace

वृष : वक्र बृहस्पति आफ्नै राशिमा पुगेकाले बोल्दा सचेत बन्नुपर्ने समय छ । शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ । कर्मको स्थानमा शनिदेव भएकाले व्यापारमा सहकार्य गर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन : दिन सहज छ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारमा थोरै बोल्नु उचित हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

कर्कट : दिन राम्रो छ । अढैया शनिको प्रभाव रहेकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । परिवारमा रमाएर बस्ने दिन छ । कडा विपक्षी भएकाले समझदारी गरेर अगाडि बढ्नुपर्नेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ ।

सिंह : दिन सहज छ । धार्मिक क्षेत्रमा भन्दा शिक्षाको क्षेत्र मन लाग्नेछ । यो क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । बोली र व्यवहारमा एकरुपता हुन नसक्दा विवाद बढ्नेछ । दाम्पत्य जीवन भने सुखमय रहनेछ ।

कन्या : दिन सामान्य राम्रो छ । चिट्ठामा घाटा हुनेछ । परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने दिन छ । धार्मिक क्षेत्रको भ्रमण गर्न सकेमा मन शान्त बन्नेछ ।

तुला : दिन राम्रो छ । व्यवहार गर्दा मन फुकाएर गर्नुपर्नेछ । शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : दिन तपाईं अनुकूल रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षी साथीहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु : राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मन चिन्तित बन्नेछ । शिक्षामा गरेको लगानी फाइदाजनक रहेको छ । परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ ।

मकर : राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने दिन छ । धनस्थानमा भएको शनिदेवका कारण सञ्चित धन खर्च हुनेछ ।

कुम्भ : मनमा खटपटी बढ्नेछ । यो मध्यसाढेसाती दशाको फल हो । जन्मकुण्डलीको उच्च ठाउँमा शनि भए प्रगतिसमेत हुनेछ । लगानीका क्षेत्र सबल रहेका छन् । साथीभाइको साथ मिल्नेछ ।

मीन : तपाईंको राशिमा उदयमान शुक्र पुगेका छन् । बौद्धिक क्षमता बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा शिक्षामा गरेको प्रयास सफल र सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?