आज मिति २०८१ माघ २३ गते बुधबार आजको राशीफल

 

Workplace

मेष : विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । सहयोगी साथी पहिचान गर्नुपर्ने समय आएको छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यले भने राम्रो साथ दिनेछ । परिवारसँगको दाम्पत्य जीवन सुखमय रहनेछ ।

वृष : वक्र बृहस्पति आफ्नै राशिमा पुगेकाले बोल्दा सचेत बन्नुपर्ने समय छ । शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ । कर्मको स्थानमा शनिदेव भएकाले व्यापारमा सहकार्य गर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन : दिन सहज छ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारमा थोरै बोल्नु उचित हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

कर्कट : दिन राम्रो छ । अढैया शनिको प्रभाव रहेकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । परिवारमा रमाएर बस्ने दिन छ । कडा विपक्षी भएकाले समझदारी गरेर अगाडि बढ्नुपर्नेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ ।

सिंह : दिन सहज छ । धार्मिक क्षेत्रमा भन्दा शिक्षाको क्षेत्र मन लाग्नेछ । यो क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । बोली र व्यवहारमा एकरुपता हुन नसक्दा विवाद बढ्नेछ । दाम्पत्य जीवन भने सुखमय रहनेछ ।

कन्या : दिन सामान्य राम्रो छ । चिट्ठामा घाटा हुनेछ । परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने दिन छ । धार्मिक क्षेत्रको भ्रमण गर्न सकेमा मन शान्त बन्नेछ ।

तुला : दिन राम्रो छ । व्यवहार गर्दा मन फुकाएर गर्नुपर्नेछ । शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : दिन तपाईं अनुकूल रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षी साथीहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु : राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मन चिन्तित बन्नेछ । शिक्षामा गरेको लगानी फाइदाजनक रहेको छ । परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ ।

मकर : राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने दिन छ । धनस्थानमा भएको शनिदेवका कारण सञ्चित धन खर्च हुनेछ ।

कुम्भ : मनमा खटपटी बढ्नेछ । यो मध्यसाढेसाती दशाको फल हो । जन्मकुण्डलीको उच्च ठाउँमा शनि भए प्रगतिसमेत हुनेछ । लगानीका क्षेत्र सबल रहेका छन् । साथीभाइको साथ मिल्नेछ ।

मीन : तपाईंको राशिमा उदयमान शुक्र पुगेका छन् । बौद्धिक क्षमता बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा शिक्षामा गरेको प्रयास सफल र सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?