icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

कपिलवस्तु बुद्धभूमि ९ मा  भारतीय मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु, – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ डुमरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

Workplace

शुक्रबार दिउँसो करिब ३ बजेको समयमा युपी ५५ एभी ३४१२ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ का ३५ वर्षीय नरमुल्ला खानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक एवं प्रमुख विराज शर्मा पौडेलले जानकारी दिए।

मोटरसाइकल पछाडि सवार भारतको सिद्धार्थनगर जिल्लाका मुस्तक अहमद गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटना अत्यधिक गति र अनियन्त्रित सवारीका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?