
- मिना बेल्बासे र टीका सानूको स्वरमा तीजको व्रत गीत सार्वजनिक भएको छ।
- यस गीतले मौलिक संस्कृतिसँगै एकल महिलाका भावना र जीवनसाथीको चाहनालाई समेटेको छ।
- शिवजी क्षत्रीद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा कृष्टिना साह र सोमिता खनालको अभिनय छ।
काठमाडौं । नेपाली तीज गीत–संगीतको बजारमा यस वर्षको नयाँ तीजको कोसेली ‘तीजको व्रत’ सार्वजनिक भएको छ। चर्चित गायिका मिना बेल्बासे र टीका सानूको सुमधुर स्वर रहेको गीतले नेपाली मौलिक संस्कृति, तीज पर्वको महत्त्व र महिलाका भावना जीवन्त रूपमा प्रस्तुत गरेको छ।

गीतका शब्द नवीन घिमिरेले सिर्जना गरेका हुन् भने संगीत तेज सिलवालले दिएका छन्। हरेक वर्षझैँ यस वर्ष पनि मिना बेल्बासे र तेज सिलवालको प्रस्तुतिमा आएको यो तीज गीतले नेपाली समाजमा तीज पर्वको सांस्कृतिक, धार्मिक तथा भावनात्मक पक्षलाई समेट्ने प्रयास गरेको छ।
गीतको मुख्य भाव “तीजको व्रत बसेकी छु शिवजी, यसपालि त लगन जुराइदेऊ” भन्ने हरफमा केन्द्रित छ। यसमार्फत विशेष गरी माइतीघरमा रहेर जीवनका विभिन्न संघर्षसँग जुधिरहेका तथा एकल महिलाहरूको मनोभाव, आशा र अपेक्षालाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। जीवनका सुख–दुःख बाँड्न एक असल जीवनसाथीको चाहना र पारिवारिक सम्बन्धको महत्त्वलाई गीतले भावुक शैलीमा अभिव्यक्त गरेको छ।
गीतको भिडियोमा कृष्टिना साह ठकुरी र सोमिता खनालको अभिनय रहेको छ। निर्देशन शिवजी क्षत्रीले गरेका छन् भने कलरिङ तथा सम्पादन नवीन घर्ती मगरले गरेका हुन्। गीतको एरेन्ज भूमिराज थापा मगरले गरेका छन्।
गीत द म्युजिक ईरा स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको कार्य सुरज भुसाल र कृष्ण बाजुरालीले गरेका छन्।नेपाली तीज पर्वको मौलिकता, धार्मिक आस्था, सामाजिक यथार्थ र महिलाहरूका भावनालाई समेट्दै तयार गरिएको ‘तीजको व्रत’ यस वर्षको तीजमा दर्शक–श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
उक्त भिडियो
