अर्जुन थापा, नयाँ दिल्ली । नेपाली भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हाम्रो स्वाभिमान ट्रस्टको आयोजनामा यस वर्षको हरितालिका तीज महोत्सव तथा राष्ट्रिय पुरस्कार वितरण २०२५ अगस्त २६ गतेको कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल बाट ख्यातिप्राप्त बहुचर्चित कलाकार बहुप्रतिभाशाली, लोकप्रिय कलाकार हरु राजन कार्की – अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायिका रीना केसी – अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार संगिता शाह– सुप्रसिद्ध देउडा गायिकाको समेत उपस्थिति रहने संस्थाकि प्रतिनिधि अनिता क्षेत्रीले जानकारी दिनु भएको छ ।
राष्ट्रिय पुरस्कारको लागि पुण्य प्रसाद शर्मा नेपाली साहित्य सम्मान, प्रदीप रसाईली नेपाली साहित्य पुरस्कार, – पत्रकारिता निरंकार थापा ,नेपाली साहित्य पुरस्कार , – गद्य रेवती मोहन तिम्सिना नेपाली साहित्य पुरस्कार – पद्यले समानित हुने आयोजक समितिले बताएको छ ।
त्यस्तै अन्य कलाकार हरुमा अन्य प्रस्तुति दिने कलाकारहरू पश्चिम बंगालकी सुप्रसिद्ध गायिका रजनी सुन्दास, रंजिता सुनार, दिल्लीका सुप्रसिद्ध गायक विक्रम सिंह खत्री – सुप्रसिद्ध डांस ग्रुप डी . युनिक डान्स एकेडेमी, एनयूसीटी ग्रुप – सुप्रसिद्ध अंतर्राष्ट्रीय कलाकार सोनू अन्नू साथै एचएसटी ग्रुप (सुप्रसिद्ध मारुनी नृत्य) स्थानीय कलाकार हरुको समेत प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएका छ्न।
यो गौरवशाली पर्व हरितालिका तीज, हिन्दू नारीहरूको श्रद्धा र परम्पराको प्रतीक मानिन्छ। ब्रत, कथा, नाचगान र भक्ति भावले सम्पन्न हुने यो पर्वमा विशेषगरी महिलाहरू आफ्नो परिवार र पतिको सुख-समृद्धिका लागि ब्रत बसी शिव-पार्वतीको पूजा अर्चना गर्छन्। यसलाई नेपाली महिलाको आत्मबल, निष्ठा र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिने गरिन्छ।
उक्त अवसरमा भारत र विदेशमा नेपाली भाषाको संरक्षण, साहित्य, कला, संस्कार र संस्कृति प्रवर्द्धनमा विशेष योगदान पु-याएका विभिन्न व्यक्तित्वहरूलाई ‘ राष्ट्रिय पुरस्कार सम्मान २०२५’ बाट सम्मानित गरिने आयोजक संस्थाले जानकारी दिएको छ।
कार्यक्रममा उपस्थित रहन नेपाल तथा भारतका विभिन्न क्षेत्रका नेपालीभाषी समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजक संस्थाका प्रतिनिधि हरुले उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक निमन्त्रणा समेत गरेका छ्न । कार्यक्रम हुने स्थानः तालकटोरा स्टेडियम, (राम मनोहर लोहिया अस्पताल को पास नई दिल्लीमा रहेको छ ।

