icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

हिरासतबाट निस्किएर स्वागत नेपालको घोषणा: अब डा. गुरुङको नेतृत्वमा शान्तिपूर्ण जनविद्रोह

राष्ट्रिय गान बज्दै गर्दा अश्रुग्याँस प्रहारप्रति आपत्ति, प्रधानमन्त्रीका ‘भड्काऊ’ अभिव्यक्तिको छानबिनको माग

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण जनविद्रोहका लागि एकताबद्ध हुन आह्वान गरेका छन्। प्रहरी हिरासतबाट छुटेपछि सामाजिक सञ्जालमार्फत उनले यो अपिल जारी गरेका हुन्।

Workplace

नेपालले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै यसबारे अनुसन्धान र दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनले प्रधानमन्त्रीका ‘भड्काऊ’ अभिव्यक्तिहरूले हिंसा भड्काएको आरोप समेत लगाए।

“रिहाइ हुँदै गर्दा मैले प्रहरी अधिकारीहरूसँग प्रष्ट भनें— प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई आन्दोलनकारीविरुद्ध आक्रमण गर्न निर्देशन दिएकाले उनी पनि कारबाहीको दायरामा आउनुपर्छ। आन्दोलनमा घुसपैठ र सरकारी पक्षबाट भएका क्षतिको लागि क्षमा चाहन्छौँ, तर शान्तिपूर्ण आन्दोलन जारी नै रहनेछ,” नेपालले लेखेका छन्।

डा. जगमान गुरुङ नेपाल ऋषि आन्दोलनका संयोजक तथा बौद्धिक प्राज्ञिक कमान्डर भएको थाहा पाएर आफू खुशी भएको बताउँदै उनले देश-विदेशबाट नैतिक, भौतिक, बौद्धिक र प्राज्ञिक समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

नेपालले भने, “डा. गुरुङको नेतृत्वमा आन्दोलनलाई उच्छृङ्खल गतिविधिबाट पूर्ण रूपमा जोगाइनेछ। तर, सरकारको दमनको प्रकृतिअनुसार प्रतिरोधका कार्यक्रम तय गरिनेछ।”

उनले समितिका संयोजक नवराज सुवेदीको हाउस एरेस्ट तत्काल अन्त्य गर्न माग गरेका छन्। साथै, पक्राउ परेका राप्रपा नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशम्शेर राणाको विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन्।

नेपालले सरकारलाई राष्ट्रगानको अवज्ञा गरेको आरोप लगाउँदै भने, “सरकारले तोकेको स्थानमा कार्यक्रम सुरू गर्दा राष्ट्रगान बज्दै गर्दा मञ्चमा अश्रुग्याँस र गोली प्रहार भयो। राष्ट्रगान रोक्ने प्रयास इतिहासमा नेपालका राष्ट्रवादी शक्तिले सधैं सम्झनेछन्।”

शान्तिपूर्ण जनविद्रोहका लागि अहिलेको शोकलाई शक्तिमा बदल्नुपर्ने बताउँदै उनले देशभरका नागरिकलाई बौद्धिक र सभ्य संग्रामका लागि एकताबद्ध हुन आग्रह गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?