आज मिति २०८३ साउन २१ गते बिहीबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका लागि दिन शुभ र फलदायी छ।
  • वृष र कन्या राशिका व्यक्तिले खर्च नियन्त्रण र स्वास्थ्यमा सावधानी अपनाउनु आवश्यक छ।
  • मकर राशिका लागि पारिवारिक विवाद हुन सक्ने भएकाले सतर्कता अपनाउनु उचित हुनेछ।

मेष : राति अबेरसम्म चन्द्रमा तपाईंकै राशिमा रहने भएकाले दिन उत्साहजनक रहनेछ। नयाँ योजना सुरु गर्न र सामाजिक क्षेत्रमा आफ्नो प्रभाव बढाउन समय अनुकूल छ। तर, संयमित भएर निर्णय लिनुहोला। रोकिएका कामहरू बिस्तारै अघि बढ्नेछन्।

Workplace

वृष : दिनको अधिकांश समय खर्च र यात्रामा बित्न सक्छ। अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोला। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। राति चन्द्रमा तपाईंकै राशिमा प्रवेश गर्ने भएकाले साँझपख मनमा प्रसन्नता र नयाँ ऊर्जा थपिनेछ।

मिथुन : सुरु गरेका कामबाट राम्रो आर्थिक लाभ मिल्ने योग छ। साथीभाइ र अग्रजहरूको सहयोग प्राप्त हुनेछ। रोकिएको धन फिर्ता हुन सक्छ। बेलुकीपख खर्च अलि बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सजग रहनुहोला।

कर्कट : कर्मक्षेत्रमा सफलता मिल्नेछ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ भने नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। प्रशासनिक वा सरकारी काममा रहेका बाधा हट्नेछन्। व्यवसायमा उन्नति हुने र आम्दानीका नयाँ स्रोत पहिल्याउने समय छ।

सिंह : भाग्यले साथ दिनेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। रोकिएका कामहरू सजिलै सम्पन्न हुनेछन्। अध्ययन(अध्यापन र पठनपाठनमा प्रगति हुनेछ। पूर्व वा उत्तरतर्फको यात्रा फलदायी र शुभ रहनेछ।

कन्या : सुरुमा स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्नेछ। नसोचेको बाधा वा मानसिक तनाव पर्न सक्छ, त्यसैले धैर्यता राख्नुहोला। साँझपख स्थितिमा सुधार आउनेछ र धर्म(कर्मतिर मन आकर्षित हुनेछ।

तुला : व्यापार(व्यवसायमा राम्रो लाभ मिल्नेछ। जीवनसाथी र साझेदारको पूर्ण सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरण सुमधुर रहनेछ र रमाइलो यात्राको योग बन्नेछ। बेलुकीपख भने स्वास्थ्यमा केही सावधानी अपनाउनुहोला।

वृश्चिक : शत्रु र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। पुराना रोग वा स्वास्थ्य समस्याबाट राहत मिल्नेछ। रोकिएका काम बन्नेछन् र कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। साँझपख व्यापारिक साझेदारसँगको सम्बन्धमा पारदर्शिता राख्नुहोला।

धनु : ज्ञान, बुद्धि र विवेकको प्रयोगले काममा सफलता दिलाउनेछ। अध्ययन(अध्यापनमा मन जानेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ। कला वा रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ। साँझपछि कार्यक्षेत्रमा थप सफलता मिल्नेछ।

मकर : पारिवारिक विषयलाई लिएर केही चिन्ता वा विवाद हुन सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। जग्गाजमिन वा सवारी साधनको कारोबार गर्दा सावधानी अपनाउनुहोला। साँझपछि समय अनुकूल बन्दै जानेछ।

कुम्भ : तपाईंको साहस, पराक्रम र क्षमतामा वृद्धि हुनेछ। दाजुभाइ तथा इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। नयाँ कामको थालनी गर्नका लागि आजको दिन धेरै शुभ रहनेछ।

मीन : मिठो भोजन र पारिवारिक जमघटको योग छ। बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा पुराना समस्याहरू सुल्झाउन मद्दत पुग्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साँझपख दाजुभाइको सहयोगले रोकिएका काम बन्नेछन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?