भोजपुरका ग्रामीण क्षेत्रमा देखिन थाल्यो गोमन सर्प

समाचार सारांश
Auto Generated by AI
  • भोजपुरका ग्रामीण भेगमा गोमन सर्प देखिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
  • खेतीपाती र घाँसदाउरा गर्न जानेहरू सर्पको उच्च जोखिममा परेका छन्।
  • स्थानीयले सर्पदंशको उपचार र जनचेतना फैलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

काठमाडौं ।भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ। पछिल्लो समय पौवादुङमा गाउँपालिका-३ मार्से र अरुण गाउँपालिका-५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन्।

Workplace

पौवादुङमा गाउँपालिका-३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्। खेतीपाती गर्ने तथा घाँसदाउरा गर्न वन तथा खेतबारीमा जाने स्थानीयलाई सर्पको डर बढेको उनले बताए।

‘विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ’, उनले भने, ‘अहिले हाम्रो गाउँघरमा पनि गोमन सर्प देखिन थालेको छ। यसले गाउँघरमा त्रास बढेको छ।’ सर्पसम्बन्धी विशेषज्ञले यहाँ फेलापरेको सर्प गोमन नै भएको बताएको उनले जानकारी दिए।

खेतीपातीको समयमा खेतबारी तथा झाडी क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयवासीलाई थप सावधानी अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। गोमनजस्तो विषालु सर्पको टोकाइबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्ने भएकाले ग्रामीण क्षेत्रमा सर्पदंशसम्बन्धी जनचेतना र उपचारको व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ। रासस

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?