विष्णु पौडेल छुटेपछि रास्वपा सांसदले भने : न्यायालय पुनर्संरचनाबिना सुशासन सम्भव छैन

समाचार सारांश
Auto Generated by AI
  • न्यायालयको पुनर्संरचना विना सुशासन र भ्रष्टाचार अन्त्य सम्भव छैन।
  • न्याय प्रणालीमा तत्काल निर्ममतापूर्वक समीक्षा र सुधार आवश्यक छ।
  • राज्यका सबै निकायले समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्छ।

काठमाडौ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनर्संरचना नगरी सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएका छन्।

Workplace

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि न्यौपानेले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले पछिल्ला केही श्रृङ्खलाबद्ध घटनाक्रमले न्यायालयमा व्यापक सुधार आवश्यक रहेको स्पष्ट पारेको उल्लेख गर्दै न्यायालयको निर्ममतापूर्वक समीक्षा गर्ने बेला आइसकेको बताए। उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमहरूले स्पष्ट पारिरहेको छ। न्यायालय पुनर्संरचनाबिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, साथै आम सर्वसाधारण नागरिकले समेत न्यायको प्रत्याभूत गर्न सक्ने अवस्था रहँदैन।’

न्यौपानेले न्यायालयमा आवश्यक सुधार नगरे आम नागरिकले समेत न्यायको प्रत्याभूति गर्न नसक्ने अवस्था रहने चेतावनी दिए। उनले सुधारको प्रक्रिया जति ढिला गरिन्छ, त्यसको असर त्यति नै गम्भीर र अकल्पनीय हुने अवस्था सिर्जना हुन सक्ने धारणा राखे।

उनका अनुसार देश परिवर्तनका लागि न्यायालयसहित राज्यका सबै निकायले समयअनुकूल परिवर्तनलाई आत्मसात गर्न आवश्यक छ। उनले आफ्नो धारणा आवेगमा नभइ गम्भीर समीक्षा र विश्लेषणबाट निस्किएको निष्कर्ष भएको समेत बताए।

‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। यस कर्मलाई जति ढिला गर्यो त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ। राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्दछ र मात्रै देश परिवर्तन गर्न सम्भव छ,’ उनले भने, ‘यो मेरो आवेगमा आएर बुझेको बुझाइ नभइ गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष हो।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?