सशस्त्र प्रहरी नवलपरासीद्वारा रक्तदान, शैक्षिक तथा खेलकुद सामाग्री वितरण ।

रबिन्द्र यादव

Workplace

नवलपरासी  माघ ८=  सशस्त्र  प्रहरी बल नेपाल नं २६ गण हेड क्वाटर पश्चिम नवलपरासीले २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सोमबार बेलासपुरमा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाम मौसममा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी युनिटका १८ जना कर्मचारी र एक जना स्थानीय व्यक्ति गरि जम्मा १९ जनाले रक्तदान गरेका हुन ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेड क्वाटर पश्चिम नवलपरासीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेले जिल्लामा रगतको अभावलाई केही हदसम्म भए पनि परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला रक्त संचार सेवा केन्द्र परासीको सहकार्यमा उक्त रक्तदान कार्यक्रम संचालन गरिएको बाग्लेले बताए ।

त्यसैगरी सिमावासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेड क्वाटरले जिल्लाको पाल्हिनन्दन गाउँपालिका-३ कुश्मा रहेको सिदार्थ माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत ३९ जना विद्यार्थीहरुलाई लागू औंषध,सिमा सुरक्षा तथा युवा शिर्षकमा निबन्ध लेखन प्रतियोगिता संचालन गरेको छ । उक्त निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने तीन जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको प्रमुख अतिथि २६ नं गण नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेले जानकारी दिए ।

सुरक्षा निकायले सुरक्षाको अलवा अन्य सामाजिक गतिविधिमा सक्रिय हुँदा जनताले सहज अनुभूति गर्दै आइरहेको पश्चिम नवलपरासीका सरोकारवालाहरुले बताउछन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?