icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

भारतको राजधानी दिल्लीमा शक्तिशाली विस्फोट: १० जनाको मृत्यु, २४ घाइते, देशभर उच्च सुरक्षा सतर्कता

नयाँ दिल्ली, भारत – दिल्लीको भीडभाडपूर्ण लालकिल्ला  क्षेत्रस्थित एक व्यस्त रोड र  बजारमा आज बेलुका   भएको शक्तिशाली बम विस्फोटमा समाचार तयार गर्दा सम्म कम्तीमा १० जनाको मृत्यु भएको छ भने २४ जना भन्दा धेरै  घाइते भएका छन्। विस्फोटपछि बजार क्षेत्रमा त्रास फैलिएको छ र सुरक्षाकर्मीले सम्पूर्ण इलाकालाई घेराबन्दी गरी अनुसन्धान सुरू गरेका छन्।

Workplace

घटनास्थलमा राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) र राष्ट्रिय सुरक्षा गार्ड (NSG) का टोलीहरू पुगेर प्रारम्भिक अनुसन्धान गरिरहेका छन्। स्थानीय प्रहरीका अनुसार विस्फोट बजारको बीच भागमा पार्क गरिएका मोटरसाइकल वा गाडीमा भएको हुनसक्ने अनुमान गरिएको छ। विस्फोटको तीव्रता यति बढी थियो कि वरपरका पसल र सवारीसाधनहरू क्षतिग्रस्त भएका छन्।

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले घटनालाई अत्यन्त दुखद भन्दै तत्काल राहत र उद्धार कार्य तीव्र गर्न निर्देशन दिएकी छिन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी नहुने प्रतिबद्धता जनाएकी छन्। यसैबीच भारतीय गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीले समेत घटनाको नजिकबाट अनुगमन गरिरहेका छन् र सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्।

सुरक्षा स्रोतहरूका अनुसार देशका सबै प्रमुख शहरहरूमा सुरक्षा सतर्कता उच्च स्तरमा पुर्‍याइएको छ। सबै रेलवे स्टेशन, बसपार्क र विमानस्थलमा कडा निगरानी बढाइएको छ।

घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले नलिएको बताइए पनि अनुसन्धान अधिकारीहरूले यो सुनियोजित आतङ्ककारी आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन्। घटनास्थलबाट बरामद केही सामाग्री फरेन्सिक प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।

विस्फोटको समाचार सार्वजनिक भएपछि दिल्लीवासीमा त्रास फैलिएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न र शान्त रहन आग्रह गरेको छ।

आज मात्र दिल्ली नजिकै फरिदवाद भने स्थान बाट धेरै मात्र मा विस्फोटक पदार्थ र केही करोड रकम  समेत प्रहरीले जफत गरेको थियो । प्राप्त  जानकारी अनुसार आइ ट्वाइन्टी कारमा बलस्ट भएको भने खबर आएको छ बिस्तृत प्रहरी र सुरक्षा निकाएले घेराबन्दी गरि जाच गरिरहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?