
- कीर्तिपुरको ट्यांग्लाफाटमा पार्किङमा राखिएको गाडीमा आगलागी भएको छ।
- घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
- मृतकको पहिचान अझै खुल्न सकेको छैन।
काठमाडौ – काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हाे।
गाडीभित्रै रहेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काडमाडौका प्रमुख एसएसपी दिलिप घिमिरेले बताए।
मृतकको पहिचान खुलेको छैन।
