अक्कल कोपिला फाउन्डेसनद्वारा मुगुका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण, विद्यार्थी र अभिभावक उत्साहित।

समाचार सारांश
Auto Generated by AI
  • अक्कल कोपिला फाउन्डेसनले मुगुको छायाँनाथ रारा नगरपालिकाका दुई विद्यालयका १४३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
  • भौगोलिक रूपमा विकट र दुर्गम बस्तीका विद्यार्थीलाई विद्यालयमै पुगेर सामग्री दिँदा उनीहरूको पठनपाठनमा ठूलो राहत मिलेको छ।
  • नयाँ शैक्षिक सत्रको सुरुवातमा सामग्री पाएपछि विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकहरू निकै उत्साहित भएका छन्।

रतन रावल मुगु, ५ असार २०८३
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १० मा रहेका दुर्गम बस्तीका दुई विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री (स्टेसनरी) वितरण गरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय अक्कल कोपिला फाउन्डेसनले शुक्रबार एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूकै विद्यालयमा पुगेर सामग्री हस्तान्तरण गरेको हो ।फाउन्डेसनले छायाँनाथ रारा नगरपालिका वडा नं. १० गाँडापानीमा रहेको श्री धर्मोदय आधारभूत विद्यालयका ६८ जना र सोही वडाको तल्लेकस्थित बाल कल्याण आधारभूत विद्यालयका ७५ जना गरी जम्मा १४३ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

Workplace

दुर्गमका विद्यार्थीलाई घरदैलोमै राहत
जिल्ला सदरमुकाम गमगढीबाट निकै टाढा र भौगोलिक रूपमा विकट मानिने यी बस्तीका विद्यालयहरूमा फाउन्डेसनका प्रतिनिधिहरू आफैँ पुगेर सामग्री बाँडेका थिए । सदरमुकामबाट टाढा रहेका कारण यहाँका बालबालिकाहरू सहज रूपमा कापी, कलम जस्ता आधारभूत शैक्षिक सामग्री पाउनबाट वञ्चित हुने गरेका थिए । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमै आएर शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका छन् ।अभिभावक र शिक्षकमा खुसीयाली
लामो र कठिन बाटो छिचोल्दै फाउन्डेसनका प्रतिनिधिहरू शैक्षिक सामग्री बोकेर गाउँमै पुगेपछि स्थानीय अभिभावकहरूले खुसी व्यक्त गरेका छन् । आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई यसले ठूलो राहत मिलेको स्थानीय अभिभावकहरूको भनाइ छ ।

सामग्री बुझ्दै धर्मोदय आधारभूत विद्यालयका एक शिक्षकले भने, “हाम्रो भूगोल सदरमुकामबाट निकै टाढा छ । यहाँका धेरै बालबालिका कापी-कलमको अभावमा नियमित विद्यालय आउन गाह्रो मानिरहेका हुन्थे । फाउन्डेसनले विद्यालयमै आएर सहयोग गरिदिँदा बालबालिकाको पढाइमा ठूलो सहयोग पुग्नेछ ।”

भौगोलिक रूपमा दुर्गम र पछाडि परेका क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने र उनीहरूको हौसला बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?