icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

“राजधानी सार्ने माग गर्दै नेता घिमिरेको चेतावनी : ‘अब जनता जागिसकेका छन्’”

अर्घाखाँची । नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरेले देशको राजधानी काठमाडौँ बाहिर सार्नुपर्ने माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत  भनेका छन्  काठमाडौँ जनघनत्व, प्रदूषण, फोहर र अव्यवस्थाको केन्द्र बनेको छ र अब यसले देशको सन्तुलित विकास र जनताको मनोविज्ञान दुबैमा नकारात्मक प्रभाव पारिरहेको समेत उल्लेख गरेका छ्न ।

Workplace

घिमिरेले लेखेका छन्, “अब तपाईहरूले राजधानी काठमाडौँबाट बाहिर सार्नुस्, तबमात्र आधारभूत जनताको सुरक्षाभित्र आउनु हुनेछ, नत्र जनता र नेताबीचको दूरी बढ्दै जानेछ र नेताहरू आफैं असुरक्षित बन्दै जानेछन्।”

उनले राजधानीमा वर्षौँदेखि बसोबास गर्दै आएका नेताहरू जनजीवनबाट टाढा भएको टिप्पणी गर्दै भनेका छन्, “डेराको जीवन बिताएर फर्किएका नेताहरू जनताको पीडा बिर्सिरहेका छन्। अब राजधानी सार्ने बहसले नयाँ राजनीतिक चेतना जगाउनेछ।”

“काठमाडौँका जनता राजधानीकै बोझले थकित” छ नेता घिमिरेका अनुसार खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक जाम र वायु प्रदूषणले राजधानीका बासिन्दा निरन्तर पीडित छन्। उनले भने, “राजधानीका संरचना जोगाउन पनि कठिन भइसकेको छ। जनघनत्वले शहर दबिँदै गएको छ।”

अन्तर्राष्ट्रिय उदाहरण दिंदै उनले थपे, “अष्ट्रेलियाले सिड्नी र मेलबर्नपछि नयाँ राजधानी क्यानबेरा विकास गरेको छ। नेपालले पनि समान भूगोल र समविकासका लागि यस्तै निर्णय लिनु जरुरी रहेको समेत बताएका छ्न ।

जेन्जी आन्दोलनको सन्दर्भमा र नेता हरुको डेरा बसोबास प्रती घिमिरेको अभिव्यक्ति हालै देशभर फैलिँदै गएको जेन्जी आन्दोलन सँग पनि जोडिएको रूपमा हेरिएको छ। युवा पुस्ताले राजधानी केन्द्रित सत्ता, भ्रष्टाचार र अवसर असमानताविरुद्ध उठाएको आन्दोलनले राजनीतिक वृत्तमा हलचल मच्चाइरहेको बेला उनको भनाइ आएको हो।

घिमिरेले लेखेका छन्, “१०–१५ वर्षको अन्तरालमा भड्किने जनअसन्तोष नियन्त्रण गर्न अब सुरक्षा निकायले पनि नसक्ने देखिएको बताएका छ्न ।

राजधानी सर्नुपर्ने माग र युवा पुस्ताको असन्तुष्टिको स्वर मिल्दै गएपछि अब सत्ता र नेताहरूले समयमै जनभावना बुझ्नुपर्ने आवश्यकता थप देखिएको घिमिरेले बताएका छ्न ।

उनको फेसबुक पोस्ट

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?