icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

तीनकुने घटनाबारे गृहमन्त्रीको स्पष्टिकरण: ‘हिंसा र अपराध कुनै पनि धर्म वा आस्थासँग जोड्न मिल्दैन’

काठमाडौँ, – हालै काठमाडौंको तीनकुने क्षेत्रमा भएको आपराधिक घटनालाई लिएर गृह मन्त्रालयले प्रतिक्रिया जनाएको छ। गृहमन्त्री रमेश लेखकले  हिंसा र आपराधिक क्रियाकलापलाई कुनै पनि धर्म, जाति वा आस्थासँग जोडेर हेर्नु गलत हुने स्पष्ट पारेका छन्।

Workplace

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले  भने, “कुनै पनि अपराध वा हिंसात्मक घटनालाई धर्मसँग जोड्ने प्रयास गर्नु गैरजिम्मेवार व्यवहार हो। अपराधलाई अपराधकै रूपमा हेरिनुपर्छ।”

“सरकार कानूनको शासनमा विश्वास राख्छ,” उनले भने, “कसैको आस्था, धर्म वा समुदायमाथि प्रश्न उठाउने अधिकार कसैलाई छैन। अपराध जेसुकै कारणले भएको होस्, त्यसमा संलग्न जो भए पनि कानुनी दायरामा ल्याइनेछ।”

सरकारले तीनकुने घटनाको अनुसन्धान तीव्र रूपमा अगाडि बढाएको गृहमन्त्रीले जानकारी दिए। घटनामा संलग्नको खोजी र कारबाहीका लागि सुरक्षा निकाय सक्रिय रहेको  बताएका छ्न ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?