icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

“सुपा देउरालीको काखमा लुकेको स्वर्गजस्तै गाउँ भैँसीमेलालाई ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकारको उचित ध्यान जाओस्।”

अर्जुन थापा, अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ अन्तर्गत पर्ने खाँचिकोटको भैँसिमेला — एक यस्तो बस्ती, जुन भौगोलिक रूपमा अत्यन्त रमणीय, ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण र पर्यटनको दृष्टिले अपार सम्भावनाले भरिएको भए तापनि, दशकौँदेखि बाटो, पानी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधाबाट बञ्चित थियो। चुनावको समयमा मात्र जनप्रतिनिधिहरूको भाषणमा उच्च स्थान पाउने तर कहिल्यै कार्यान्वयन नपाउने यो गाउँ, अब भने बिस्तारै परिवर्तनको बाटोमा उन्मुख देखिन थालेको छ।

Workplace
सेटलाइट बाट लिएको उक्त बस्तिको  तस्बिर साइटमा एड गरेका घर इडिटिङ्ग हुन

प्राकृतिक सौन्दर्यको गहिरो अनुभूति

सुपा देउराली मन्दिरको पारीपट्टि, झोलुङ्गे पुलको अलिकति माथि, नरपानी कृष्णगौशालाबाट करिब ३ किलोमिटर भित्र पस्दा भेटिने भैँसिमेला — देख्नमा मात्र होइन, घुम्न र बस्न पनि अत्यन्त सुन्दर छ। चारैतिर हरियाली, उत्तरतर्फ आँखैमा ठोक्किन आउने जस्ता हिमशृङ्खलाहरू, पाखाभरि लहरिएका खेतीबारी र कठबार लगाइएका पिँढीहरूले सजिएको यो बस्ती, शान्त जीवन बिताउन चाहनेहरूको लागि स्वर्गतुल्य स्थान हो।

नरपानी ६ स्थित कृष्ण गौशाला  यहाँ बाट ३ किलो मिटर भित्र प्रने उक्त ठाउँ हो भैसिमेला 
उक्त बस्ती  बाट देखिने सुन्दर हिमालय हिमश्रृङ्खला  तस्बिर अर्जुन थापा नेपाल खोज खबर 

तर यस्तो रमणीय ठाउँमा पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पिउने पानी, रोजगारी र यातायात नहुँदा गाउँलेहरूको जीवन भने निकै कष्टकर रहँदै आएको थियो। बसाइँसराइको कारण एक दशक यता गाउँ पातलिँदै गइरहेको छ।

दशकौंको पीडा : न बाटो, न पानी

मैले बाल्यकालदेखि एसएलसीसम्मको शिक्षा यही गाउँबाट लिँदै घना जंगल हिँडेर करिब दुई घण्टा यात्रा गर्ने गर्थें। त्यो समय न बाटो थियो, न पानीको सुविधा। वृद्ध, बिरामीलाई बजार लैजान सकिने अवस्था थिएन। जंगली जनावरको त्रासले महिलाहरू एक्लै हिँड्न सक्दैनथे। अहिले पनि पिउने पानी लिन एक घण्टा हिँडेर जानुपर्छ — त्यो पनि दुई–तीन जनाको समूहमा मात्र।

स्थानीयवासीहरूको भनाइ छ — “बाघ, भालुजस्ता जंगली जनावरहरू देखिने भएकाले एक्लै पानी लिन जान डर लाग्छ।”

 मोटरबाटो गाउँसम्म पुगेपोछी विकासको संकेत दिएको छ 

बिजुली बत्ती  पोहिले नै पुगे पनि बाटो भने विगतका वर्ष २०७९/०८० को बजेटमा स्थानीय सरकारले बाटो निर्माणका लागि सात लाख रुपैयाँ विनियोजन गर्‍यो। वाडा  जनप्रतिनिधि चुरा केसीको नेतृत्वमा आएको युवा नेतृत्वले यसलाई प्राथमिकता दिँदै बाटो निर्माणको कार्य सम्पन्न गर्‍यो।

आज मोटर गाडी गाउँसम्म पुग्न थालेको छ। वर्षौंदेखि काँधमा झोला र निधारमा नाम्लो बोक्न बाध्य गाउँलेहरू अब भने गाडी चढ्न पाउँदा निकै खुसी छन्।

तर पिउने पानीको समस्या जस्ताको तस्तै? 
बाटो त पुग्यो, तर पिउने पानीको समस्या समाधान हुन सकेको छैन। पूर्वाधार निर्माणको काम रोकिएको छ।जनप्रतिनिधिहरूले हरेक पटक आश्वासन दिँदै आए, तर पानी अझै सपना जस्तै छ।स्थानीयहरू भन्छन् — “बाटो आएपछि आशा पलाएको छ, अब पानीको योजना तुरुन्त कार्यान्वयन हुनुपर्छ। हामी वर्षौंदेखि आशामा बाँचेका छौं।”

पर्यटन सम्भावना : भैँसिमेलालाई बनाऔँ धार्मिक र पर्यटन केन्द्र

अहिले नरपानी  धारा बजार एउटा पर्यटनको लागि उत्कृष्ट गन्तव्य बनेको छ सुपा देउराली आउने र विभिन्न ठाउँ बाट पिकनिक  आउने हरुको संख्या दिन प्रतिदिन बडिरहेको छ।  यस्तै भैँसिमेलामा पर्यटकीय सम्भावना अपार छ। सुपा देउराली मन्दिरको पारी पट्टी  झोलुङ्गे पुल पार गरेपछि माथि टापुमा पुग्ने बाटो बनाइयो भने सेल्फी पार्क, हिलस्टेशन, केबलकारजस्ता पूर्वाधारले पर्यटकलाई आकर्षित गर्न सकिन्छ।

नरपानी पर्यटकीय स्थल  यहाँ बाट  केही गन्तव्य दुरिमा उक्त बस्ती छ जुन ओझेलमा परेको छ 

 

सुपा देउराली माताको दर्शन गरेर झोलुङ्गे पुल पार गरेपछि पर्यटक अलमलिन्छन् — किनभने अगाडि जाने बाटो छैन। सिँढी निर्माण गरिएमा त्यो नै ठूलो सम्भावना बन्नेछ।

सुपादेउराली मन्दिर अगाडी झोलुङ्गे पुल यहाँ धेरै जनाको गुनासो हुन्छ यहाँ बाट पार गरे पोछी कहाँ जाने अघि जान बाटो रहेन्छ ठाउँ रहेन्छ धेरैको गुनासो हुन्छ यहाँ माथी बस्ती र  पर्यटन स्थल  छ भने समेत थाहा छैन  अब यहाँ आउने सम्पुर्ण लाई उक्त स्थानमा गयर अबलोकन गर्न अनुरोध गर्दा छु 

साथै, सुपा देउराली क्षेत्र धार्मिक, ऐतिहासिक र पौराणिक महत्त्व बोकेको भूमि हो  यसैको पारी पट्टी भिरको माथी जुन बस्ती अनि अनेकौ भगवानको आकार भएका मुर्ति हरु छ्न — शिव–पार्वतीले तपस्या गरेको, साधु–सन्तहरूले ध्यान गरेका स्थानहरूमध्ये एक हो यो ठाउँमा  अहिले विभिन्न स्थान बाट पिकनिक र यो ठाउँ अवलोकनकर्ता हरु जाने आउने  पोहिला पोहिला धेरै साधु सन्त हरु आउने ध्यान गर्ने तपस्या  योगा गर्ने गर्थे ।

सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, यसै वाडाका वाडा अध्यक्ष चुरा बहादुर केसि , र नरपानी ६ का वाडा अध्यक्ष श्रीधर महत्रा लगायतको टिम

 

विभिन्न देवी देवता आकारका मुर्ति र ढुङ्गे बङ्गैचा

नर्तान्चाल पहाड — प्रकृति, धर्म र अध्यात्मको संगम हो 

भैँसिमेला क्षेत्र महाभारत श्रृङ्खलाभित्र पर्ने नर्तान्चाल पहाडको काखमा पर्छ। जनविश्वास अनुसार यहीँ देवी–देवताहरू नाच्ने गर्दथे, ऋषिमुनिहरूले कठोर तपस्या गरेका थिए। यस स्थानलाई आध्यात्मिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यहाँ भगवान्को आकृतिमा देखिने ढुंगाका मुर्ति हरु र ढुङ्गे बगैंचा देखन सकिन्छ । साथै यहाँ बाट लाउरे टासिएको भिर सुपादेउराली मन्दिर अग्ला अग्ला पहाड हिमाल र तराइ समेत देखन सकिन्छ

 

सुप्रसिद्ध सुपा देउराली मन्दिर जहाँ  देश बिदेश र छिमेकी रास्ट्र हरु बाट समेत  श्रद्धालु हरु दर्शन गर्न आउने गर्छन्
लाउरे टासेको भिर 

यदि तराईको फाँटदेखि हिमालयसम्मको दृश्य ठुल ठुला पहाड लगायतका ठाउँ हरु एकै ठाउँबाट हेर्ने हो भने, यहीँ आइपुग्नुपर्छ। गर्मी छल्ने शीतल गन्तव्यको खोजीमा हुनुहुन्छ तपस्या गर्न , योगा गर्न  आफू लाई शान्त राखन तनाव मुक्त गराउन   — सुपा देउराली माताको छायाँमा रहेको भैँसिमेला आइपुग्नुस्। माथी बाट मन्दिरको दर्शन सङै योग ध्यान तपस्या तनाब मुक्त लगायत धेरै फाइदा लिन सकिन्छ ।

आन्तरिक पर्यटन

स्थानीयको अपेक्षा के छ त भन्दा  पानी, पर्यटन र समृद्धिको बाटो अघि बडाउनु 

अहिले यो बस्तिमा बाटो गएको छ तर नरपानीन सतिनेटा गौशाला हुँदै आउनु प्रने भएकाले धेरै घुमाउरो भएकाले सुपा देउरालि झोलुङ्गे पुल बाट सिडि हरु निर्माण गरि माथी जाने  बाटो बनाए धेरै पर्यटन हरु भित्र्याउन सक्ने अनुमान गर्न सकिन्छ।  धेरै जानाले झोलुङ्गे पुल पारी गयसी कतै जाने ठाउँ नभएको समेत गुनासो भएकाले सम्बन्धित सम्पुर्ण सरकार वाला लाई ध्यानाकर्षण गराउन चाहान्छु यो अर्घाखाँची जिल्ला लाई मात्र हैन हाम्रो नेपाल लाई बिश्व सामु चिनाउने यस्ता धेरै ठाउँ हरु छ्न सरकार र जनप्रतिनिधि हरुले सोही र छिटो पहिचान गर्न सक्ने र काम गर्ने इच्छा शक्ति भए असम्भव केही छैन।

विदेशिएका युवाहरू भन्छन् — “अब बाटो आएको छ, पानी आयो भने रोजगारीका विकल्प पनि खोलिन्छन्। हामी फर्किन सक्छौं।” आफ्नो देशमा केही गर्न चाहान्छौ बाध्यताले बिदेशी भुमिमा  बगाउने पसिना आफ्नै देश आफ्नो गाउँ ठाउँमा बगाउछौ उनी हरु भन्छ्न ।

 परिवर्तनको थालनी, संगै  निर्णयको घडी सरकार र सम्बन्धित निकाएको महत्त्वपूर्ण हुन जरुरी छ 

जनप्रतिनिधिहरूले अबको प्राथमिकता पानी र पर्यटन विकासमा राख्नुपर्छ। सुपा देउराली–भैँसिमेला क्षेत्रलाई धार्मिक र पर्यटकीय नमुना क्षेत्रका रूपमा विकास गर्ने योजना ल्याएर कार्यान्वयन गरियो भने — न केवल खाँचिकोट, सिंगो अर्घाखाँची, अझ सिंगो देशलाई नै विश्व सामु चिनाउन सकिन्छ।सरकार र नेतृत्वमा बस्नेहरूले यदि चाहना, सोच र साहस देखाए — असम्भव केही छैन।

भैंसीमेला गाउँका केही तस्बिर सहित 

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • अचम्मित ()
  • दुःखी ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?