कक्षा १२ को नतिजा सार्वजनिक : परीक्षा सकिएको ३५ दिनमै नतिजा प्रकाशित

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
  • परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरेर बोर्डले तीव्रता देखाएको छ।
  • विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

काठमाडौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरेर बोर्डले नतिजा व्यवस्थापनमा तीव्रता देखाएको छ।

Workplace

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभर तथा जापानसमेत गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको थियो। बोर्डको तथ्याङ्कअनुसार यस वर्षको परीक्षामा ५ हजार ३३९ विद्यालयबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए।

- Advertisement -Workplace

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए। जसमा १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा र २९० जना अन्य लिङ्गी विद्यार्थी रहेका छन्।

परीक्षालाई व्यवस्थित बनाउन देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। जिल्लागत रूपमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६१ वटा र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा १/१ वटा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ।

नतिजा प्रकाशनसँगै विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटमार्फत आफ्नो ग्रेडसिट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?