लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोडको अत्याधुनिक एमआरआई मेसिन जडान सुरु

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा करिब रु १२ करोड लागतमा अत्याधुनिक १२८ स्लाइस क्षमताको एमआरआई मेसिन जडान प्रक्रिया सुरु गरिएको छ। मेसिन आपूर्तिकर्ता कम्पनीले हाल अस्पताल परिसरमै उपकरण जडानको काम तीव्र गतिमा अघि बढाएको छ।

Workplace

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार आगामी दुई महिनाभित्र एमआरआई सेवा सञ्चालनमा ल्याउने लक्ष्यका साथ तयारी भइरहेको छ। उहाँले भन्नुभयो, “एमआरआई सेवा सञ्चालनमा आएपछि रोगको शुद्ध पहिचानका लागि बिरामीले निजी अस्पतालमा गएर महँगो शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य हुनेछ।”

लुम्बिनी प्रदेश सरकारले गरेको यो लगानीले प्रदेशकै स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।

यसैबीच, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालमा थप उपकरण जडान र सेवा विस्तारका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार, अस्पतालमा नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रिया पनि सुरु गरिएको छ। हाल प्रयोगमा रहेको १६ स्लाइस क्षमताको पुरानो सिटी स्क्यान मेसिन करिब सात वर्षदेखि सञ्चालनमा रहेको छ।

लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य संस्था मानिने लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्ला वर्षमा पूर्वाधार र सेवाको दायरा विस्तार गर्दै आधुनिक स्वास्थ्य सुविधातर्फ ठूला कदम चाल्दै आएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?