सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किङ्सको सहज जित, शीर्ष स्थानमा बलियो पकड

समाचार सारांश
Auto Generated by AI
  • डीसीसी प्रिमियर लिगमा प्रिन्ट हब किङ्सले सिद्धार्थ रोयललाई ८ विकेटले पराजित गरेको छ।
  • मिथु आलमले ५ विकेट लिँदै बलिङमा र फर्सुराम न्यौपानेले ६८ रन बनाउँदै ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे।
  • यो जितसँगै प्रिन्ट हब किङ्स अंक तालिकाको शीर्ष स्थानमा रहँदै उपाधिको दाबेदारी बलियो बनाएको छ।

रुपन्देही । देवीनगर क्रिकेट क्लबद्वारा आयोजित “सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२” अन्तर्गत आज मिति २०८३ साल जेठ १९ गते सम्पन्न खेलमा प्रिन्ट हब किङ्सले सिद्धार्थ रोयललाई ८ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ।
एक्सपर्ट एजुकेशनको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताअन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको सिद्धार्थ रोयलले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो। टोलीका लागि ईश्वरी पुनले ३३ रन तथा मदन अधिकारीले १८ रनको योगदान दिए।
बलिङतर्फ प्रिन्ट हब किङ्सका मिथु आलमले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए। फर्सुराम न्यौपानेले २ विकेट हात पार्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउनबाट रोके।
१०४ रनको लक्ष्य पछ्याएको प्रिन्ट हब किङ्सले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै केवल १०.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीका ओपनर फर्सुराम न्यौपानेले २९ बलमा ६८ रनको विस्फोटक पारी खेले। उनले ५ चौका र ७ छक्का प्रहार गर्दै सिद्धार्थ रोयलका बलरमाथि दबाब सिर्जना गरेका थिए। निशान टण्डन १६ रनमा अविजित रहँदा प्रकाश न्यौपानेले १५ रनको योगदान दिए।
बलिङ र ब्याटिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका फर्सुराम न्यौपाने खेलको म्यान अफ द म्याच घोषित भए।
यस जितसँगै प्रिन्ट हब किङ्सले अंक तालिकाको शीर्ष स्थान कायम राख्दै उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ भने सिद्धार्थ रोयलले महत्वपूर्ण अंक गुमाएको छ। मिथु आलमको घातक बलिङ र फर्सुराम न्यौपानेको विस्फोटक ब्याटिङ किङ्सको जितका मुख्य आधार बने।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?