
- अर्घाखाँचीमा विद्यालयबाट घर फर्कने क्रममा सात कक्षाका विद्यार्थी सुदन खनाललाई बाँदरले आक्रमण गरेको छ।
- बाँदरको टोकाइबाट घाइते भएका उनको हातमा गहिरो चोट लागेकाले आठवटा टाँका लगाइएको छ।
- गाउँमा बाँदरको त्रास बढेपछि स्थानीयले नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।
अर्घाखाँची– अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–४ स्थित कालिका बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुदन खनाल विद्यालयबाट घर फर्किने क्रममा बादरको आक्रमणमा परेका छन्।

स्थानीयका अनुसार बादरले सुदनलाई सुरुमा खुट्टामा आ`क्रमण गरेको थियो। त्यसपछि पुनः बायाँ हातमा टोकेपछि उनको हातमा गहिरो घाउ लागेको हो।
घा`इ`ते सुदनको सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा उपचार गरिएको छ। स्वास्थ्यकर्मी लक्ष्मण नेपालीका अनुसार उनको बायाँ हातमा गहिरो चोट लागेकाले ८ वटा टाँका लगायको बताउनु भयो ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
पछिल्लो समय गाउँ बस्ती तथा विद्यालय आसपास बादरको आतंक बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। यस कारण विद्यार्थी, सर्वसाधारण तथा किसानसमेत जोखिममा परेको उनीहरूको भनाइ छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग बादर नियन्त्रण तथा व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।
