दाङ मा फलफूलका बिरुवा निःशुल्क वितरण

समाचार सारांश
Auto Generated by AI
  • डिभिजन वन कार्यालय दाङले विभिन्न फलफूलका बिरुवाहरू निःशुल्क वितरण गरेको छ।
  • वातावरण संरक्षण र स्थानीयको आयआर्जन बढाउने उद्देश्यले बिरुवा वितरण गरिएको हो।
  • यस वर्ष नर्सरीबाट ठूलो संख्यामा फलफूल र अन्य बहुवर्षीय बिरुवा उत्पादन गरिएका छन्।

दाग्ङ–  डिभिजन वन कार्यालय दाङ(देउखुरी)ले उत्पादन गरेका फलफूलका बिरुवा निःशुल्क रूपमा वितरण गरिएको छ । स्थानीय तह, सामुदायिक वन, संघसंस्था तथा सर्वसाधारणलाई लक्षित गर्दै बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

Workplace

 

- Advertisement -Workplace

कार्यालयका अनुसार नर्सरीमा उत्पादन गरिएका आँप, लिची, कागती, कटहर र अम्बालगायतका फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको हो । यस कार्यक्रममार्फत वातावरण संरक्षणसँगै स्थानीयस्तरमा फलफूल खेती विस्तार गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

डिभिजन वन कार्यालय र गढवा सब–डिभिजन वन कार्यालयमा सञ्चालित नर्सरीबाट यस वर्ष एक वर्षे र बहुवर्षीय गरी ठूलो संख्यामा बिरुवा उत्पादन गरिएको छ । जसअनुसार एक वर्षे बिरुवा २ लाख १८ हजार ६३ र बहुवर्षीय बिरुवा ६१ हजार ३३७ उत्पादन गरिएको कार्यालयले जनाएको छ ।

फलफूलतर्फ १२ हजार ५९२ बिरुवा उत्पादन गरिएको छ । जसमा आँप ६ हजार ७५१, लिची २ हजार ६६०, कागती २ हजार १५०, कटहर ५३० र अम्बा ५०१ बिरुवा रहेका छन् ।

कार्यालयका अनुसार वितरण गरिएका बिरुवाले हरियाली विस्तार, वन क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

साथै फलफूल खेतीलाई प्रोत्साहन गर्दै स्थानीयको आम्दानी बढाउने लक्ष्य पनि लिइएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?