नगर प्रमुख भामले गरे४ वर्ष कार्यकाल को प्रगति सार्वजनिक गर्दै

समाचार सारांश
Auto Generated by AI
  • छायाँनाथ रारा नगरपालिकाले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद गर्न गमगढीमा सार्वजनिक सुनुवाइ तथा सडक बहस आयोजना गरेको छ।
  • नगरपालिकाले विगत चार वर्षमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी लगायतका क्षेत्रमा १५ सय ७५ वटा योजना सम्पन्न गरेको जनाएको छ।
  • स्थानीयवासीले विकास कार्यको प्रशंसा गर्दै दुर्गम क्षेत्रमा सेवा विस्तार गर्न र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना ल्याउन सुझाव दिएका छन्।

रतन रावल
जेठ ७ मुगु मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले हरेक वर्ष जेठ ७ गते आयोजना गर्दै आएको सार्वजनिक सुनुवाइ तथा खुला सडक बहस कार्यक्रम यस वर्ष पनि सम्पन्न भएको छ ।जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्दै नगरपालिकाका कामको समीक्षा गर्ने उद्देश्यले गमगढी बजारस्थित खुला सडकमा कार्यक्रम आयोजना गरिएको हो । ‘समृद्ध छायाँनाथ रारा नगरपालिका, समृद्ध नगरवासी’ भन्ने नारासहित आयोजित कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन, विद्युत, रोजगार तथा सामाजिक क्षेत्रका उपलब्धिहरू सार्वजनिक गरेको थियो ।

Workplace

कार्यक्रममा नगरप्रमुख भामले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी, पारदर्शी र जवाफदेही हुनुपर्ने मान्यता अनुसार हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको बताए । ‘जनताले हामीलाई दिएको जिम्मेवारीको हिसाब जनतामाझै दिनुपर्छ भन्ने सोचका साथ हरेक वर्ष सडक बहस गर्दै आएका छौँ’, नगरप्रमुख भामले भने ।नगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरण अनुसार चार वर्षको अवधिमा ३२ स्थानमा विद्यालय पक्की भवन निर्माण गरिएको छ भने रारा क्याम्पस १२ कोठे भवन निर्माण, ३४ विद्यालयमा शौचालय निर्माण तथा विद्यालय व्यवस्थापन सुधार घेरावार कार्यक्रम सञ्चालन गरिएको बताए ।

त्यस्तै ‘एक घर एक धारा’ अभियानअन्तर्गत ४५ स्थानमा खानेपानी योजना सञ्चालन गरिएको, २६ स्थानमा कृषि योग्य तथा बाँझो जमिन सुधार गरिएको तथा कृषकलाई कृषि सामग्री र बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ । पूर्वाधार विकासअन्तर्गत विभिन्न वडामा आरसीसी सडक, सिँढी, तटबन्ध, नदी नियन्त्रण, झोलुंगे पुल तथा मोटरेबल पुल निर्माण गरिएको छ ।साथै १६ स्थानमा कोल्ड स्टोर निर्माण, खेलमैदान निर्माण, नगर बस सञ्चालन तथा श्रमदान अभियानमार्फत विभिन्न विकासका काम सम्पन्न गरिएको खुला सडक बहसमा प्रस्तुत गरिएको थियो । नगरप्रमुख रोजगार कार्यक्रममार्फत १२० जना युवालाई रोजगारी प्रदान गरिएको, कम्प्युटर तथा सीपमूलक तालिम सञ्चालन गरिएको तथा स्वरोजगारमूलक कार्यक्रम अघि बढाइएको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।


खुला सडक बहसका क्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विषय उठाएका थिए । स्थानीयवासीहरूले विकास निर्माणका काम सकारात्मक रहेको उल्लेख गर्दै दुर्गम बस्तीमा सेवा विस्तार अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

स्थानीयहरुले युवालाई गाउँमै टिकाउने खालका दीर्घकालीन रोजगार कार्यक्रम आवश्यक रहेको बताए । अब युवालाई विदेशिन नपर्ने गरी गाउँमै रोजगारी सिर्जना गर्न थप योजना ल्याउनुपर्ने स्थानीयले बताए । खुला सडक बहसमा ४ वर्षमा १५ सय ७५ योजना निर्माण भएको नगरप्रमुख भामले बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?