भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द

काठमाडौ – प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ ।

Workplace

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि नाका बन्द गर्ने निर्णय गरिएको हो । बैतडीको झन्डै ३१ किलोमिटर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अत्यावश्यक अवस्थामा भने दुवै देशबीचको आपसी समन्वयमा नाका खोल्न सकिने व्यवस्था छ ।

यस्तै, भारतसँग सीमा जोडिएको कञ्चनपुरका सवै सीमा नाका पनि यो अवधिमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सबै सीमा नाका बन्द रहने जानकारी दिनुभयो ।

त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, दमकल, ट्राफिक, दूरसञ्चार, अस्पताल सेवा, विद्युत् सेवा, शववाहन तथा कूटनीतिक नियोग र अनुमति प्राप्त गाडीबाहेक अन्य सबै गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?