भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द

काठमाडौ – प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ ।

Workplace

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि नाका बन्द गर्ने निर्णय गरिएको हो । बैतडीको झन्डै ३१ किलोमिटर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अत्यावश्यक अवस्थामा भने दुवै देशबीचको आपसी समन्वयमा नाका खोल्न सकिने व्यवस्था छ ।

- Advertisement -Workplace

यस्तै, भारतसँग सीमा जोडिएको कञ्चनपुरका सवै सीमा नाका पनि यो अवधिमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सबै सीमा नाका बन्द रहने जानकारी दिनुभयो ।

त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, दमकल, ट्राफिक, दूरसञ्चार, अस्पताल सेवा, विद्युत् सेवा, शववाहन तथा कूटनीतिक नियोग र अनुमति प्राप्त गाडीबाहेक अन्य सबै गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?