“मुगु अस्पतालमा विशेषज्ञ सेवा विस्तार, स्वास्थ्य सेवा सुधार”

काठमाडौ – मुगु जिल्लाको एकमात्र जिल्ला अस्पतालमा स्वास्थ्य सेवा दिन सुधार आएको छ। विशेषगरी, अस्पतालको नयाँ भवन, आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकहरूको उपलब्धतासँगै स्वास्थ्य सेवा दिनको लागि थप प्रभावकारी बनाएको छ। अस्पतालले अब एक्स-रे र भिडियाे एक्स-रे सेवा प्रदान गर्दैछ र सुलभ ओषधि पसलको व्यवस्था भएको छ, जसले बिरामीहरूलाई सहज र गुणस्तरीय सेवा सुनिश्चित गरेको छ।

Workplace

कोरियन सरकारको सहयोगमा निर्मित नयाँ अस्पताल भवनले बिरामीहरूको उपचार प्रक्रिया सुधार गरेको छ। अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लका अनुसार, “सामान्य प्रकारका बिरामीहरूलाई अब थप उपचारको लागि जिल्लाबाहिर जानु नपर्ने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ चिकित्सकहरूको समन्वयमा सेवा प्रदान गर्दैछौं।”

- Advertisement -Workplace

अस्पतालमा हाल बालरोग विशेषज्ञ डाक्टर निर्मल नगरकोटी र एमडी जीपी डाक्टर अभिशेष मिश्र सहित १० जना चिकित्सक कार्यरत छन्। यसले गर्भवती महिला, एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल र अन्य जटिल रोगहरूको उपचारलाई जिल्ला भित्र सम्भव बनाएको छ।

स्थानीय बासिन्दाहरूले अस्पतालमा विशेषज्ञ सेवाको विस्तारलाई ठूलो उपलब्धि मानिरहेका छन्, जुन मातृ र शिशु मृत्युदर न्यूनीकरणमा ठूलो योगदान पुर्याउने आशा गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?