नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

समाचार सारांश
Auto Generated by AI
  • नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा एकतर्फी ढलानको काम सम्पन्न भएको छ।
  • दुई हप्तापछि उक्त खण्डमा पक्की सडकबाटै सवारी साधनहरू सञ्चालन हुनेछन्।
  • लामो समयदेखि निर्माणाधीन यस सडकको पूर्वी खण्ड अब पूर्ण रूपमा जोडिएको छ।

काठमाडौ – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ ।

Workplace

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको हो । पूर्वी खण्ड दाउन्नेमा झण्डै चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको खनालले बताउनुभयो ।

- Advertisement -Workplace

एकतर्फी ढलानको काम सकिएको हुँदा अबको दुई हप्तापछि त्यस क्षेत्रमा पक्की सडकबाटै गाडी चल्नेछन् । दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य पानी पर्दा पनि गाडी चिप्लने र जामको समस्या थियो ।

सूचना अधिकारी खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्रे र ढलानले जोडिएको छ । दाउन्नेको पूर्वी खण्ड पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम शुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ । आयोजना शुरु भएको सात वर्षपछि बल्ल यात्रा केही सहज हुँदै गएको छ ।

एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर झण्डै १७ अर्ब लागत रहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?