icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

आज मिति २०८१ फागुन २३गते शुक्रबार आजको राशीफल

 

Workplace

मेष : शेयर कारोबारमा फाइदा हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ । शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ । परिवारभित्र थोरै बोलेर जित्नुपर्नेछ । राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ ।

वृष : राजनीतिक क्षेत्रमा देखिएका समस्याको समाधान हुनेछ । शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा मान र सम्मान बढ्नेछ ।

मिथुन : आफ्नै बोलीले पश्चाताप हुने खतरा छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको तर्फबाट खुशी मिल्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : आम्दानी बढ्नेछ । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

सिंह : आज तपाईंको राशिमा शुभ ग्रहको बहुमत छ । समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । साथीको सहयोगमा काम बन्नेछ ।

कन्या : दिन सहज छ । कर्मचारी हुनुहुन्छ भने राज्यको बढुवा खान पाइनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ । परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । नियमित औषधी छुटेमा स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

धनु : दिन सामान्य छ । ठुलो कारोबार नगर्नु राम्रो हुन्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ । बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ ।

मकर : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सञ्चित धन खर्च हुनेछ । इज्जत बढ्ने दिन छ । स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ । पिपललाई दाहिनो पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : तीन पटक सोचेर बोल्नुपर्ने समय छ । सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ । तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मीन : सुरुवाती साढेसाती दशा चलिरहेकाले सञ्चित धन खर्च हुनेछ । सामाजिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ । परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?