icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

“Nepse AI” एपमार्फत ठगी : एक क्लिकले लाखौं रुपैयाँ सकिन सक्छ – प्रहरी

काठमाडौं – “Nepse AI” नामक मोबाइल एपको प्रलोभनमा परी लाखौँ रुपैयाँ गुमाउने घटनामा तीव्र वृद्धि भएपछि नेपाल प्रहरीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार यो एप उच्च जोखिमयुक्त साइबर ठगीका लागि प्रयोग भइरहेको छ।

Workplace

सामाजिक सञ्जालबाट प्रलोभन हालसालै फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालमा देखाइने विज्ञापन वा शेयर गरिएका लिंकमार्फत प्रयोगकर्तालाई “Nepse AI” डाउनलोड गर्न प्रलोभन दिइएको पाइएको छ। एप इन्स्टल गरेलगत्तै ठगहरूले प्रयोगकर्ताको मोबाइल वा कम्प्युटरमा पूर्ण नियन्त्रण जमाउने, बैंक खाताबाट रकम चोरी गर्ने र संवेदनशील व्यक्तिगत विवरण चोर्ने कार्य गर्ने गरेको प्रहरीको भनाइ छ।

लाखौं रुपैयाँ हराएको प्रमाण सीआईबीका प्रवक्ता युवराज खड्काले केही पीडितको मोबाइल स्क्रिन अचानक कालो (ब्ल्यांक) भएर विभिन्न बैंक खाताबाट रु.    २८ लाखभन्दा बढी रुपैयाँ  सम्म अनधिकृत रूपमा स्थानान्तरण भएको प्रमाण भेटिएको बताए। यस्ता घटना देशभर फैलिँदै गएकाले तत्काल सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरीको चेतावनी र निर्देशन दिएको छ  अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नु। “Nepse AI” वा यस्तै एप तुरुन्त हटाउनु, कहिल्यै इन्स्टल नगर्नु। AnyDesk, TeamViewer जस्ता रिमोट एक्सेस सफ्टवेयर हटाउनु। बैंक तथा अन्य खातामा Two-Factor Authentication अनिवार्य सक्रिय गर्नु। एप केवल Google Play Store वा Apple App Store बाट मात्र डाउनलोड गर्नु अनुरोध गरेको छ ।

“आज एक क्लिकको गल्तीले तपाईंको जिन्दगीभरको जम्मा रकम सकिन सक्छ,” सीआईबीको चेतावनीमा उल्लेख छ। यस्ता एप वा लिंक देख्नेबित्तिकै डिलिट गर्न र आफन्त तथा छिमेकीलाई पनि सचेत गराउन अनुरोध गरिएको छ। घटना भइसकेमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा जानकारी दिन समेत आग्रह गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?