
- रुकुम पश्चिमका दिनेश खड्का दुबईमा भनेजस्तो काम र तलब नपाएपछि नेपाल फर्कने तयारीमा थिए।
- आफ्नै खर्चमा टिकट काटेर शार्जा एयरपोर्ट पुगेका उनी त्यहीँबाट सम्पर्कविहीन भएका छन्।
- मेनपावर र कम्पनीबाट पनि केही जानकारी नपाएपछि यता परिवार निकै चिन्तित बनेका छन्।
रुकुम पश्चिम जिल्ला को मुसिकोट नगरपालिका वडा नम्बर २ का दिनेश खड्का दुबई गएको ११ महिना भएको थियो। कम्पनीमा नेपालबाट भनेजस्तो काम नदिएको र समयमै काम गरेबापत स्यालरी पनि नहाल्दिए। निकै अप्ठ्यारो भएको भनेर उहाँका साला गोपाल सिंह ओली सँग केही दिनअघि टेलिफोन मा कुराकानी गरेको दिनेशका साला गोपाल सिंहले बताउनु
भयो। गोपाल सिंह ओलीले ले भन्नुभयो केही दिन अगाडि कान्छा भिना दिनेश सँग कुरा भएको थियो। अब म नेपाल आउँदै छु भनेर यहाँ ले आफूसँग कुरा कानी गरेको गोपाल ओलीले हामीलाई प्रत्यक्ष टेलिफोन सम्पर्क गरेर सम्पर्क बताउनु भयो।

वैदेशिक रोजगारको क्रममा केही महिनाअघि दुबै पुगेका दिनेश बिल्डिङ कनेक्सनको काममा दुवैको सार्जा गएका थिय यता भनेजस्तो काम नपाइएको र कम्पनी पनि चेन्ज गर्न निकै अप्ठ्यारो भएको कारणले गर्दा आफू नेपाल आउने भनेर टिकट काटेर। शार्जा एयरपोर्टबाटै सम्पर्कविहीन भएको साला गोपाल सिंह ओलीले बताउनुभयो। घरमा एउटा छोरी दुईटा छोरा र एउटा श्रीमती रहेको बताइएको छ। घरको अवस्था न्यून र बढ्दो बेरोजगारीका कारण केही महिना अगाडि मात्र दुवै पुगेका दिनेश एकाएक सम्पर्कविहीन भएपछि घरपरिवार नै दुखित बनेको छ। उता मेनपावर र कम्पनीमा बुझ्दा। कुनै पनि प्रश्नको उत्तर नआएको परिहार स्रोतले बताएको छन्।
हामीले पीडित पक्षसँग केही बेर अघि मात्र सम्पर्क गरेर बुझेका थियौ।उता दुबैको शार्जामा काम गर्ने कम्पनीको नाम ट्रेज रोड ठेक्का क्याल्डिड फ्लोरिङ तारिख अल केजुर टाइल्स कन्ट्रक्सन। म काम गरिरहेका थिए। उता काम आफूले भनेजस्तो नभएपछि ११ महिना भएको थियो दुबै गएको। त्यही अवधिमा उहाँले आफ्नै टिकट काटेर जब एयरपोर्ट आउनुभएको थियो एयरपोर्टबाट सम्पर्कविहीन भएका दिनेश। अहिलेसम्म पनि घरको सम्पर्कमा नआएपछि घरपरिवार र आफन्तहरु चिन्तित बनेका छन्।

