अर्घाखाँची, – अर्घाखाँचीका कृषकहरूले खेतीपातीमा बढ्दो बन्यजन्तुहरूको आतंकको दीर्घकालीन समाधान खोजिरहेका बेला एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै भरुवा बन्दुक फिर्ता गराउन आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा निवेदन दर्ता गराउँदै चौहानले द्वन्द्वकालमा किसानहरूले प्रशासनलाई बुझाएका भरुवा बन्दुकहरू पुनः कानुनी प्रक्रिया पूरा गरी लाइसेन्ससहित किसानलाई फिर्ता दिन आग्रह गरेका हुन्।
उनले लेखेका छन्, “आज कृषिप्रधान देशका आम किसान बाघ, भालु होइन, बादर र बदेलबाट प्रताडित छन्। महँगो बिउ, मल र श्रमले लगाएको बाली एकछिनमै सखाप बनाउँदा गाउँमा बाँच्ने आधारसमेत हराउँदै गएको समेत बताएका छ्न ।
चौहानले भरुवा बन्दुक किसानलाई फिर्ता गर्दा स्पष्ट मापदण्ड तोकिनुपर्ने र हवाई फायरमार्फत बन्यजन्तु तर्साउन सकिने अधिकार किसानलाई दिनुपर्ने बताएका छन्। साथै, यदि कुनै अवस्था नियन्त्रणबाहिर पुग्यो भने बन्यजन्तु मार्नेसम्मको अधिकार दिनसमेत सुझाव दिएका छन्।
“यसरी बन्दुकको दुरुपयोग भयो भने हातहतियार तथा खरखजाना ऐन २०१९ अनुसार कडा कानुनी कारबाही गर्न सकिन्छ,” चौहानले उल्लेख गरेका छन्।
उनले भनेका छन्, “हिजो तर्साउन प्रयोग गरिने भरुवा बन्दुक अब किसानका हातमा बाली जोगाउने अस्त्र बन्नुपर्छ। नियत सफा भए हतियारले समाजलाई नोक्सान गर्दैन, दोष नियतको हो।”उनले उल्लेख गरेका छ्न । पोछिल्लो समय उनी अर्घाखाँचीका हरेक मुद्दामा खुलेर आवाज बुलन्द गर्दै आएका छ्न ।

