अर्घाखाँचीका लक्ष्मण बिसी नेपाली गीत–संगीतमा सक्रिय, ‘बिन्ती नगर’को पोस्टर सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीका पत्रकार लक्ष्मण बिसी नेपाली गीत–संगीतको क्षेत्रमा मोडल तथा निर्देशकका रूपमा चर्चामा आउन थालेका छन्।
  • उनले लोकदोहोरी र आधुनिक गरी दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।
  • उनले अभिनय र निर्देशन गरेको नयाँ गीत 'बिन्ती नगर' केही दिनमै बजारमा आउने भएको छ।

अर्घाखाँची – अर्घाखाँची जिल्लाका लक्ष्मण बिसी नेपाली गीत–संगीत तथा म्युजिक भिडियोको क्षेत्रमा सक्रिय हुँदै चर्चामा आउन थालेका छन्। नेपाल खोज खबर मिडियासँग आबद्ध पत्रकारसमेत रहेका बिसी मोडल तथा निर्देशकका रूपमा पनि काम गर्दै आएका छन्।

Workplace

सानैदेखि नेपाली गीत–संगीतप्रति रुचि राख्दै आएका बिसीले हालसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। लोकदोहोरीदेखि आधुनिक गीतसम्म अभिनय गर्दै आएका उनले पछिल्लो समय नेपाली संगीत क्षेत्रमा स्थापित कलाकारहरूसँग सहकार्य गर्दै आफ्नो अभिनय यात्रालाई अघि बढाइरहेका छन्।

- Advertisement -Workplace

बिसीले अभिनय गरेका गीतहरूमा ‘एरुना लाइ’, ‘खाली सिउँदो’, ‘प्रदेशी मेरो पियारा’, ‘तिमी हिँड्ने बाटो’, ‘प्रदेशको पीडा’, ‘रुन तयार छु’, ‘भागे यस्तै रहेछ’ लगायतका गीत रहेका छन्।

यसै क्रममा बिसीले अभिनय गरेको नयाँ गीत ‘बिन्ती नगर’ को पोस्टरसमेत सार्वजनिक गरिएको छ। उक्त गीतमा बिसीले अभिनयसँगै निर्देशनको जिम्मेवारीसमेत सम्हालेका छन्।

नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका बिसीले आफ्नो सिर्जनात्मक यात्रालाई अझ फराकिलो बनाउँदै लैजाने बताएका छन्। उनका अनुसार ‘बिन्ती नगर’ गीत केही दिनभित्रै बजारमा सार्वजनिक गरिनेछ।

पत्रकारिता, मोडलिङ र निर्देशनलाई सँगसँगै अघि बढाइरहेका बिसीले नेपाली कला तथा सञ्चार क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने प्रयासलाई निरन्तरता दिइरहेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?