
- कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ।
- उक्त विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार थिए।
- पुटुमायो प्रान्तमा भएको यस दुर्घटनापछि उद्धार कार्य जारी छ।
कोलम्बियामा सेनाको विमान दुर्घ`टना हुँदा ६६ जनाको मृत्यु भएको छ।

दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेना विमान दु`र्घ`टनाग्रस्त हुँदा ६६ जनाको मृ`त्यु भएको हो भने दर्जनाैं घाइते भएका छन्।
विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताइएकाे छ।
विमान अमेरिकी निर्मित सी–१३० हर्कुलस थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो।
बीबीसी हिन्दीका अनुसार, पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो। त्यहाँ पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्।
