भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि स्रोतसाधनको कुनै पनि कमी हुन नदिने: प्रधानमन्त्री शाह

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढी प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता छ।
  • विपद् व्यवस्थापनमा तीन तहका सरकारबीच भएको समन्वयको प्रधानमन्त्रीले प्रशंसा गरेका छन्।
  • बाढीले अवरुद्ध सडक सञ्जाललाई जतिसक्दो चाँडो पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी छ।

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि स्रोतसाधनको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Workplace

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले पुनःस्थापनाका लागि सरकारले आन्तरिक स्रोतका साथै दातृ निकायहरूले उपलब्ध गराएको सहायता रकमसमेत अधिकतम प्रयोग गर्ने तयारी गरिरहेको बताए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँगको संवादले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच तत्कालै राम्रो समन्वय भएको खबर जनप्रतिनिधिहरूबाटै सुन्न पाउँदा खुसी लागेको उनले बताए। “यसअघि तीनवटै तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ र मिलेर काम गर्‍यौँ,” उनले भने।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे। सडक सञ्जाल पुनः सञ्चालनमा आएसँगै प्रभावित नागरिकहरूलाई पूर्ववत् अवस्थातर्फ फर्कन सहज हुने उनको भनाइ थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?