नेपाली कांग्रेस मुगुका पूर्वमन्त्री दोय पूर्व शिक्षा तथा राज्यमन्त्री हस्त बहादुर मल्ल र वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही चुनावी प्रचार अभियानमा

नेपाली कांग्रेसका मुगु सभापति तथा पूर्ब वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी यति बेला चुनावी प्रचार प्रशार अभियानमा जुटेका छन ।उनी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि उम्मेदवार संगै भोट बटुल्न चुनावी प्रचार अभियानमा लागेका छन । पार्टीका उम्मेदवार प्रत्यक्ष तर्फ खडगबहादुर शाही र समानुपातिका उम्मेदवार भिम तिरुवालाई भोट माग्न पूर्बमन्त्री शाही मतदाताको घरदैलो कार्यक्रममा ब्यस्त छन ।

Workplace

पार्टीका उम्मेदवार साथमा लिएर यति बेली उनी सोरु गाउ“पालिकको बिभिन्न बस्तीमा चुनावी प्रचार अभियानमा होमिएका छन ।

तस्बिर :रतन रावल

पूर्बमन्त्री शाही धैनकोट, भीई, नार्थपु, सोरुकोट हुदै लिब्रु फोतु नेर लगायत गाउ“बस्ती तर्फ चुनावी प्रचार अभियानमा लागेका छन ।हरेक बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्ने, पार्टीको चुनावी एजेण्डा प्रस्तुत गर्ने, मतदाताका गुनासा सुन्ने र सोधिएका प्रश्नको जवाफ दिने लगायत कार्यमा शाही ब्यस्त छन ।अघिल्लो पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिजय प्राप्त गरि संघीय वनमन्त्री बनेका शाही यो पटकको निर्वाचन आफनो उम्मेदवारलाई जिताउन चुनावी प्रचार अभियानमा खटिएका छन । पूर्ब शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल पनि आफनो पार्टीको उम्मेदवार जिताउन चुनावी प्रचार अभियान अन्त्र्रगत मतदाता सामु पुगेर भोट माग्ने कार्यमा ब्यस्त छन

अहिलेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुनै पनि राजनीतिक दलको चुनावी गठबन्धन नभएको हुदा उम्मेदवारलाई चुनाव जित्न चुनौती सामना गर्नु पर्ने अबस्था देखिएको छ ।
निर्वाचन नजिकीदै गर्दा पार्टीका उम्मेदवार, नेता कार्यक्रताहरुलाई भोट माग्न निकै दौडधुप गर्न थालेका छन । भौगोलिक बिकटता संगै दुर्गम बस्तीमा पुगेर मतदातालाई भेटेर भोट माग्न समय लाग्न थालेपछि उम्मेदवार दिनरात चुनावी प्रचार अभियानमा जुटेका छन ।फागुन २१ गते हुने निर्वाचनमा मुगु जिल्ला बाट ७ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?