रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १७७ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • रसुवा लगायतका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी १७७ जनाको मृत्यु भएको छ।
  • विपद्मा घाइते भएका ३३ जनाको उपचार भइरहेको छ भने २८ जना प्रहरी अझै बेपत्ता छन्।
  • क्षतिग्रस्त क्षेत्रमा ३ हजार बढी सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य जारी छ।

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।

Workplace

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ ।

विपद्मा परी घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, रसुवामा आएको बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि प्रयास जारी रहेको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ । विपद् प्रतिकार्यका लागि ३ हजार ३१८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक, पुल, विद्युत् तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने निजी सम्पत्तिमा समेत ठूलो क्षति भएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?