रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १७७ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • रसुवा लगायतका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी १७७ जनाको मृत्यु भएको छ।
  • विपद्मा घाइते भएका ३३ जनाको उपचार भइरहेको छ भने २८ जना प्रहरी अझै बेपत्ता छन्।
  • क्षतिग्रस्त क्षेत्रमा ३ हजार बढी सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य जारी छ।

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।

Workplace

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ ।

- Advertisement -Workplace

विपद्मा परी घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, रसुवामा आएको बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि प्रयास जारी रहेको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ । विपद् प्रतिकार्यका लागि ३ हजार ३१८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक, पुल, विद्युत् तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने निजी सम्पत्तिमा समेत ठूलो क्षति भएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?