हामी नेपाली हाम्रो नेपाल गित सार्बजनिक भएको केही दिनमै उचाई लिदै

सुभाष ज्ञवाली — काठमाडौं/गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको भाव बोकेको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ। समसामयिक परिस्थिति र राष्ट्रियताको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले देशप्रतिको माया, एकता र जिम्मेवारीको सन्देश प्रवाह गरेको छ।

Workplace

गीतका शब्द स्वयं गायक सबिन खड्काकै हुन् भने संगीत चर्चित गायक तथा सर्जक बैकुण्ठ महतले तयार पारेका हुन्। गायनमा सबिन खड्कासँगै गायिका सुनितामी परियारको मधुर स्वरले गीतलाई थप भावुक र प्रभावशाली बनाएको छ।

- Advertisement -Workplace

माया–प्रेमका गीतहरूको भीडबीच राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर समयसापेक्ष सिर्जना ल्याउनु आफूलाई जिम्मेवारीपूर्ण लागेको गायक खड्काले बताएका छन्। उक्त गीत SK Entertainment Nepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा नबिना सिलवाल र कमल जिसीको मुख्य अभिनय रहेको छ । साथै लोकप्रिय गायक मोतिराज खनाल , मिना बेलबासे, आशा ढकाल, स्मारिका खड्का, डिबी पाण्डे, मणि अधिकारी, धुर्व बस्नेत, रोशन घिमिरे, हरि आचार्य, पुष्पा शाह, मुकुन्द घिमिरे, गणेश पाण्डे लगायत थुप्रै कलाकारहरूको सशक्त उपस्थिति भिडियोको अर्को आकर्षण बनेको छ।‘द म्युजिक इरा’ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरज भुसालले गरेका हुन् भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन्।

भिडियो निर्देशन देवेन्द्र कुवरले गरेका हुन् र सम्पादन राजेश कुमारले गरेका छन्।सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायक सबिन खड्काले जानकारी दिएका छन्। राष्ट्रप्रेम र एकताको भाव बोकेको यो गीतले नेपाली संगीत क्षेत्रमा अलग पहिचान बनाउने अपेक्षा गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?